बिहीबार सुन–चाँदीको मूल्यमा गिरावट, सुन तोलामा २ हजार ४ सय रुपैयाँ सस्तो

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु २ लाख ८४ हजार ७०० कायम भएको छ।

बुधबार प्रतितोला रु २ लाख ८७ हजार १०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज रु २ हजार ४ सय ले घटेको हो। त्यस्तै, सुनको मूल्य प्रतिदश ग्राम रु २ लाख ४४ हजार ८५ निर्धारण गरिएको महासंघले जनाएको छ। यता, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदी प्रतितोला रु ४ हजार ३४० मा कारोबार भइरहेको छ, जुन बुधबारको रु ४ हजार ५०० को तुलनामा रु १६० ले कम हो। महासंघका अनुसार आज चाँदीको प्रतिदश ग्राम मूल्य रु ३ हजार ७२० रुपैयाँ ५० पैसा कायम गरिएको छ।

Back To Top
Modern Footer Design