सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौँ । नेपाली बजारमा आज सुन तथा चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ हजार १ सय रुपैयाँले घट्दै २ लाख ८२ हजार १ सय रुपैयाँ कायम भएको छ।

अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य पनि आज ओरालो लागेको छ। महासंघका अनुसार चाँदी प्रतितोला १ सय २५ रुपैयाँले घटेर ४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदीको मूल्य प्रतितोला ४ हजार ३ सय २५ रुपैयाँ रहेको थियो।

Back To Top
Modern Footer Design