चितवनमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

चितवन । चितवनको खैरहनीमा बस र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

शनिबार दिउँसो खैरहनी नगरपालिका–१ स्थित तरकारी चोकमा पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको हो। प्रहरीका अनुसार दिउँसो १२ः२३ बजे नारायणगढबाट बर्दिबासतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख २७७३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०१–०१५ प ३३८५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।

दुर्घटनामा मोटरसाइकल चालक करिब ३२ वर्षीय पुरुष र पछाडि सवार करिब २५ वर्षीया महिला गम्भीर घाइते भएका थिए। दुवैलाई उद्धार गरी उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज लगिएको थियो।

उपचारका क्रममा दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक दुवैको पहिचान भने खुल्न बाँकी रहेको छ। दुर्घटनापछि प्रहरीले बस चालक सर्लाहीको हरिवन नगरपालिका–८ का ५१ वर्षीय अजयकुमार मास्केलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

Back To Top
Modern Footer Design