काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले गुन्जन शाह ठकुरीलाई नेपाल क्रिकेट संघ (क्यान)को सदस्यमा मनोनीत गरेको छ।
राखेपका सदस्य–सचिवस्तरीय निर्णयबाट गुन्जनलाई क्यानको सदस्यमा मनोनीत गरिएको हो। क्यानको विधान २०५५ को परिच्छेद २, दफा ३ को उपदफा (४) मा राखेपले संघको पदेन सदस्यका रूपमा एक जनालाई मनोनयन गर्न सक्ने व्यवस्था छ। सोही प्रावधानअनुसार गुन्जनलाई सदस्य बनाइएको राखेपले जनाएको छ।
यसअघि नयाँ सरकार गठन भएपछि राखेपले क्यानका सदस्य छुम्बी लामालाई पदबाट फिर्ता बोलाएको थियो। रिक्त रहेको सोही स्थानमा गुन्जनलाई मनोनीत गरिएको हो। गुन्जन यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवको स्वकीय सचिवका रूपमा कार्यरत थिइन्।
