विश्वकपमा आइभोरी कोस्टको सुखद सुरुवात, इक्वेडर १–० ले पराजित

अमेरिका। फिफा विश्वकप २०२६ अन्तर्गत आइभोरी कोस्टले विजयी सुरुवात गरेको छ।

समूह ‘ई’ अन्तर्गत अमेरिकाको फिलाडेल्फियास्थित रंगशालामा सम्पन्न खेलमा आइभोरी कोस्टले इक्वेडरलाई १–० गोलअन्तरले पराजित गर्दै महत्वपूर्ण तीन अंक जोडेको हो। प्रतिस्पर्धात्मक खेलमा आइभोरी कोस्टका लागि अमद डियालोले ८०औँ मिनेटमा निर्णायक गोल गरे। उनकै गोलको मद्दतमा आइभोरी कोस्टले पहिलो खेलमै जित निकाल्न सफल भयो। जितसँगै आइभोरी कोस्टले प्रतियोगितामा सकारात्मक सुरुवात गरेको छ भने इक्वेडर पहिलो खेलमै अंकविहीन बनेको छ।

Back To Top
Modern Footer Design