काठमाडौँ। नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईष् ले पार्टी नफुट्ने र बरु पुनर्गठनमार्फत अझ सुदृढ हुने बताएका छन्।
सामाजिक सञ्जालमार्फत उनले पार्टीभित्रको अवस्था सुधार हुँदै जाने उल्लेख गर्दै एमाले एकताबद्ध रहने विश्वास व्यक्त गरेका हुन्। भट्टराईले “लोभ छैन, पाप छैन, पुनर्गठन हुनेछ, फुट्ने छैन, टुट्ने छैन” भन्दै स्पष्ट सन्देश दिएका छन्। उनका अनुसार पुनर्गठनको प्रक्रियापछि सबै पक्षहरूबीच सहकार्य र एकता मजबुत हुने उनले दाबी गरेका छन्। साथै, उनले पार्टीभित्रको सोच र कार्यशैली सुधारिने उल्लेख गर्दै मति सुध्रिने छ, गति बढ्ने छ भन्ने टिप्पणी पनि गरेका छन्। भट्टराईको यो अभिव्यक्तिलाई पार्टीभित्रको हालको बहस र संगठनात्मक पुनर्संरचनासँग जोडेर हेरिएको छ।
