बालिकामाथि जबरजस्ती करणी आरोपमा २२ वर्षीय युवक पक्राउ

काठमाडौँ । एक बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कैलालीको घोडाघोडी नगरपालिका–१० स्थायी घर भई हाल काठमाडौँको कोटेश्वरमा बस्दै आएका २२ वर्षीय गणेश विश्वकर्मा रहेका छन्। बालिकामाथि यौन दुर्व्यवहार भएको भन्दै उजुरी परेपछि जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले मंगलबार विश्वकर्मालाई नियन्त्रणमा लिएको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

Back To Top
Modern Footer Design