रञ्जु दर्शनाले पनि उम्मेदवारी फिर्ता गर्दै विपिन आचार्यलाई समर्थन गरिन्

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा महामन्त्री पदकी उम्मेदवार रञ्जु दर्शनाले आफ्नो उम्मेदवारी फिर्ता लिँदै विपिन आचार्यलाई समर्थन गर्ने घोषणा गरेकी छन्।

चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले आफ्नो समर्थन विपिन आचार्यलाई रहने बताइन्। “आजको दिनमा मेरो भोट र समर्थन पनि विपिन आचार्यलाई हो,” उनले भनिन्। यसअघि महामन्त्री पदका उम्मेदवारहरू गणेश पराजुली, प्रमोद न्यौपाने र कविन्द्र बुर्लाकोटीले पनि आचार्यलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिइसकेका थिए। त्यस्तै, शिशिर खनाल र जगदीश खरेल (ललितपुर)ले पनि महामन्त्री पदबाट दाबी छोडिसकेका छन्। राजुनाथ पाण्डेले पनि अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएको जनाइएको छ। यससँगै अब महामन्त्री पदमा विपिन आचार्य, मनिष झा, सागर ढकाल र गणेश कार्कीबीच प्रतिस्पर्धा हुने भएको छ।

Back To Top
Modern Footer Design