कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् प्रहरी नियन्त्रणमा

बारा । बाराको निजगढ नगरपालिका–१२ रामथलीमा घरायसी विवादका क्रममा श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। प्रहरीले घटनामा संलग्न श्रीमान्लाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

प्रहरीका अनुसार ५५ वर्षीय विजय मोक्तानले घरायसी विवादका क्रममा आफ्नी ४७ वर्षीया श्रीमती सुकुमाया मोक्तानमाथि कुटपिट गरेका थिए। कुटपिटबाट बुधबार साँझ सुकुमाया सामान्य घाइते भएकी थिइन्। घाइते भएपछि उनलाई स्थानीय मेडिकलबाट चिकित्सक बोलाएर घरमै जाँच तथा औषधि उपचार गरिएको थियो। तर बिहीबार बिहान करिब ४ बजे उठाउन खोज्दा उनी नउठेपछि परिवारले घटनाबारे प्रहरीलाई जानकारी गराएको थियो। बिहान ६ः४० बजे अस्थायी प्रहरी पोष्ट रतनपुरमा घटनाको सूचना पुगेको प्रहरीले जनाएको छ।

सूचना पाएपछि पुगेको प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी सुकुमायाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल, बारामा पठाएको छ। घटनामा संलग्न विजय मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको कारण तथा थप विवरणबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Back To Top
Modern Footer Design