Nanglevare Nanglevare

सुनको मूल्य तोलामा ३ हजार ६ सय रुपैयाँले बढ्यो

काठमाडौं । स्थानीय बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला ३ हजार ६ सय रुपैयाँ र चाँदीको मूल्य ५० रुपैयाँले वृद्धि भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार यसको मूल्य प्रतितोला ३ लाख १ हजार ६…

Read More

सुवासनाले जितिन् ‘द भ्वाइस किड्स’ सिजन ५ को उपाधि

काठमाडौं । ‘द भ्वाइस किड्स’ सिजन ५ को विजेता सुवासना खड्का बनेकी छन्। शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा टिम वाङ्देन शेर्पाबाट प्रतिस्पर्धा गरेकी खड्काले उपाधि आफ्नो नाममा पारेकी हुन्। उपाधिका लागि आयोजित फिनालेमा सुवासनासहित ८ जना प्रतियोगीबीच प्रतिस्पर्धा भएको थियो। विजेता बनेसँगै खड्काले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छन्। ग्रान्ड फिनालेमा हिमालय टेलिभिजनका…

Read More

जाजरकोटको रिसाङमा पहिरो,दुई जना बेपत्ता, सात घाइते

जाजरकोट । लगातारको वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२, रिसाङमा पहिरो जाँदा दुई जना बेपत्ता भएका छन् भने सात जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार पहिरोमा परी बेपत्ता हुनेमा भेरी नगरपालिका–२ फारुलाका ५४ वर्षीय उमासिंह खत्री र चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की रहेका छन्। पहिरोमा परी घाइते हुनेमा भेरी–२ का ६० वर्षीय रामबहादुर शाही,…

Read More

आज काठमाडौँका ७ स्थानबाट ग्यास वितरण हुँदै, कुन ठाउँमा कुन ब्रान्ड पाइन्छ ?

काठमाडौं । खाना पकाउने ग्यासको अभावका कारण समस्यामा परेका उपभोक्तालाई सहज बनाउन नेपाल आयल निगमले आज काठमाडौं उपत्यकाका विभिन्न ७ स्थानबाट एलपी ग्यास बिक्री गर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौं तथा ग्यास उद्योगीसँगको समन्वयमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विभिन्न कम्पनीका ग्यास सिलिन्डर बिक्री गरिने निगमले जनाएको छ। नियमित बिक्रेताबाट ग्यास पाउन नसकेका…

Read More

मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आइतबार विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेषगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना उच्च रहेको छ। महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी र कर्णालीका केही स्थानमा…

Read More

आजको राशिफल

काठमाडौं । आज ३१ साउन २०८३, आइतबार। ज्योतिषशास्त्रअनुसार आजको दिन विभिन्न राशिका व्यक्तिका लागि मिश्रित फलदायी रहनेछ। काम, व्यवसाय, अध्ययन तथा पारिवारिक सम्बन्धमा फरक–फरक प्रभाव पर्न सक्नेछ। मेष आज नयाँ कामको थालनीका लागि अनुकूल समय रहनेछ। रोकिएका काम अघि बढ्नेछन्। आर्थिक क्षेत्रमा सुधार आउने सम्भावना छ। वृष काममा जिम्मेवारी बढ्न सक्छ। परिवारका सदस्यबाट सहयोग प्राप्त…

Read More

काठमाडौंमा शनिबार ६ हजार ८०२ सिलिन्डर खाना पकाउने ग्यास बिक्री

काठमाडौं । ग्यासको अभाव झेलिरहेका उपभोक्तालाई राहत दिने उद्देश्यले सरकारले शनिबार काठमाडौंका विभिन्न बिक्री केन्द्रबाट ६ हजार ८०२ वटा खाना पकाउने ग्यास सिलिन्डर वितरण गरेको छ। नेपाल आयल निगमले काठमाडौं जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा उपत्यकाका विभिन्न स्थानमा बिक्री केन्द्र सञ्चालन गरी ग्यास बिक्री गरेको हो। ग्यासका लागि उपभोक्ताहरू बिहानैदेखि बिक्री केन्द्रमा लामो लाइनमा बसेका थिए।…

Read More

सभापतिमा मेरो पनि रुचि छ, शेखर दाइ अघि बढे सहयोग गर्छु : शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आफू पार्टी विभाजन गरेर छुट्टै दल गठन गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन्। उनले पार्टीभित्र देखिन सक्ने मतभेद र विवादलाई संवाद तथा छलफलमार्फत समाधान गर्न सकिने धारणा व्यक्त गरेका छन्। शनिबार काठमाडौंमा आयोजित संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले समयअनुसार कांग्रेसलाई सुधार गर्दै अघि बढाउनुपर्ने…

Read More

विजयपुर खोलामा दुई बालक बेपत्ता, आठजनाले जोगाए ज्यान

कास्की । पोखरामा विजयपुर खोलाले बगाउँदा अन्दाजी १४/१५ वर्ष उमेरका दुई बालक बेपत्ता भएका छन्। शनिबार दिउँसो पोखरा–१४ विजयबस्तीबाट विजयपुर खोला पार गरी पोखरा–२६ सक्नेरीतर्फ जाने क्रममा भगवती हाइड्रोपावर नजिकै उनीहरूलाई खोलाले बगाएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार १० जनाको समूहमा रहेका बालकहरू खोला पार गर्ने क्रममा…

Read More

थानाभञ्ज्याङमा दुई इभी बस दुर्घटना, एक जनाको मृत्यु, चार जना गम्भीर घाइते

नुवाकोट। नुवाकोटको थानाभञ्ज्याङमा दुईवटा विद्युतीय (इभी) बस दुर्घटनामा परेका छन्। छहरे–काठमाडौँ सडकखण्डअन्तर्गत थानाभञ्ज्याङमा सडक छेउमा रोकिराखेको बसलाई पछाडिबाट आएको अर्को इभी बसले ठक्कर दिँदा दुवै बस सडकबाट भिरतर्फ खसेका हुन्। प्रत्यक्षदर्शीका अनुसार पछाडिबाट आएको बस तीव्र गतिमा रहेका कारण चालकले नियन्त्रण गुमाउँदा रोकिराखेको बसमा ठक्कर लागेको थियो। ठक्करपछि दुवै बस अनियन्त्रित भएर सडकबाट तल खसेका…

Read More
Back To Top
Modern Footer Design