Nanglevare Nanglevare

वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणित

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३ लाई प्रमाणीकरण गरेका छन्। राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार संघीय संसदको प्रतिनिधिसभाबाट पारित भई प्रमाणीकरणका लागि पठाइएको उक्त विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २० अनुसार प्रमाणित गरिएको हो। विधेयक प्रमाणीकरण भएसँगै विकास निर्माण तथा पूर्वाधारका क्षेत्रमा वैकल्पिक वित्तीय स्रोत परिचालन गर्ने कानुनी…

Read More

फिफाको कारबाहीले संकटमा एन्फा, नेपाली फुटबलको भविष्य अन्योलमा

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गर्ने निर्णय गरेपछि नेपाली फुटबल गम्भीर संकटमा परेको छ। फिफा विधानविपरीत तेस्रो पक्षको हस्तक्षेप भएको निष्कर्ष निकाल्दै गरिएको यो निर्णयले नेपाली फुटबलको अन्तर्राष्ट्रिय यात्रामाथि नै प्रश्नचिह्न खडा गरेको छ। फिफा काउन्सिलको ब्युरोले फिफा विधानको धारा १४ अन्तर्गत गम्भीर उल्लंघन भएको ठहर गर्दै…

Read More

प्रारम्भिक बाल विकासमा लगानी बढाउन मुख्यमन्त्री कार्कीको आग्रह

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रारम्भिक बाल विकासमा गरिने लगानीले समाज र राष्ट्रको दीर्घकालीन विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। कोसी प्रदेशको संरचनाभित्र प्रारम्भिक बाल विकाससम्बन्धी संवैधानिक अधिकार र दायित्वबारे आयोजित परामर्श कार्यक्रममा बोल्दै उनले बालबालिकाको गुणस्तरीय शिक्षा र समुचित हेरचाहले परिवारमा सकारात्मक वातावरण निर्माण हुने उल्लेख गरे। मुख्यमन्त्री कार्कीले बालबालिकाको शारीरिक, मानसिक…

Read More

भूकम्पपीडित भेनेजुएलाका लागि अन्तर्राष्ट्रिय सहयोगको ओइरो, कार्यवाहक राष्ट्रपति रोड्रिगेजद्वारा धन्यवाद

भेनेजुएला। भेनेजुएलाको राजधानी काराकास आसपास केन्द्रबिन्दु भएर बुधबार शक्तिशाली दुईवटा भूकम्प गएपछि विश्वका विभिन्न मुलुकहरूले राहत, उद्धार तथा स्वास्थ्य सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। यसबीच भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले सहयोगको घोषणा गर्ने अन्तर्राष्ट्रिय समुदायप्रति आभार व्यक्त गरेकी छन्। भूकम्पका कारण भवन तथा भौतिक संरचनामा व्यापक क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक भइरहेका बेला विभिन्न…

Read More

असारसँगै बाजुराका खेतबारीमा बढ्यो चहलपहल, रोपाइँमा व्यस्त किसान

बाजुरा । मनसुन सक्रिय भएसँगै बाजुराका गाउँ–गाउँमा असारे रोपाइँको रौनक छाएको छ। जिल्लाका नौवटै स्थानीय तहमा किसानहरू खेतबारीमा व्यस्त देखिन्छन् भने हिलोमैलोबीच परम्परागत शैलीमा धान रोप्ने काम धमाधम भइरहेको छ। बिहानैदेखि खेतमा पुग्ने किसानहरू साँझ अबेरसम्म रोपाइँमै जुटिरहेका छन्। पुरुषहरू हलो जोत्ने, गोरु डोर्‍याउने र खेत तयारी गर्ने काममा खटिएका छन् भने महिलाहरू धानका बेर्ना…

Read More

कक्षा १२ को नतिजाविरुद्ध विद्यार्थीहरूको प्रदर्शन, पुनरावलोकन प्रक्रियामा समेत असन्तुष्टि

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले हालै सार्वजनिक गरेको कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले बिहीबार माइतीघरमा प्रदर्शन गरेका छन्। नतिजाले आफ्नो वास्तविक मेहनत र शैक्षिक उपलब्धिलाई प्रतिबिम्बित नगरेको दाबी गर्दै विद्यार्थीहरू सडकमा उत्रिएका हुन्। प्रदर्शनकारीहरूले प्रकाशित नतिजामा त्रुटि भएको आशंका व्यक्त गर्दै निष्पक्ष पुनरावलोकनको माग गरेका छन्। विद्यार्थीहरूले पुनःजाँच (रिचेकिङ) र पुनर्योग (रिटोटलिङ)का लागि…

Read More

सुदूरपश्चिममा छुट्टाछुट्टै घटनामा तीन जनाको ज्यान गयो

धनगढी । सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर र दार्चुला जिल्लामा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ। दुर्घटना, डुबान र रहस्यमय अवस्थामा शव फेला परेको घटनामा एक–एक जनाले ज्यान गुमाएका हुन्। कैलालीको टिकापुर नगरपालिका–४ मा डल्लब र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा बर्दगोरिया गाउँपालिका–४ मुडाका ४० वर्षीय रुपलाल बादी…

Read More

७.५ म्याग्निच्युडको भूकम्पले भेनेजुएला हल्लायो, ठूलो क्षतिको आशंका

भेनेजुएला। भेनेजुएलाको उत्तर–मध्य क्षेत्रमा बुधबार छोटो समयको अन्तरालमा दुई शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार क्रमशः ७.२ र ७.५ म्याग्निच्युडका ती भूकम्पले व्यापक क्षति पुर्‍याएको आशंका गरिएको छ। यूएसजीएसका अनुसार पहिलो भूकम्प गएको करिब ३९ सेकेन्डपछि दोस्रो तथा अझ शक्तिशाली भूकम्प गएको थियो। दुवै भूकम्पको केन्द्रबिन्दु राजधानी काराकासबाट करिब १६० किलोमिटर पश्चिम…

Read More

रौतहटमा मोटरसाइकल दुर्घटना स् बाख्रालाई ठक्कर दिँदा एकको मृत्यु, चालक घाइते

रौतहट । रौतहटको गुजरा नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने चालक गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार गुजरा नगरपालिका–५ हरिहरपुर टोलस्थित भित्री सडकमा कनकपुरबाट हरिहरपुरतर्फ जाँदै गरेको बा ९३ प ७५८८ नम्बरको मोटरसाइकलले बाटोमा रहेको बाख्रालाई ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार चन्द्रपुर नगरपालिका–५ निवासी अन्दाजी २४ वर्षीय…

Read More

सर्लाहीमा अदालतको सजायबाट बच्दै हिँडेका ११ प्रतिवादी पक्राउ

सर्लाही । विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवानाको सजाय सुनाइएपछि फरार रहेका ११ जना प्रतिवादीलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार अदालतको फैसला कार्यान्वयन गर्ने अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी युनिटबाट खटिएको टोलीले उनीहरूलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा बागमती नगरपालिका–६ का आनन्द कुमार राय रहेका छन्।…

Read More
Back To Top
Modern Footer Design