आज नौवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं ।संघीय संसद्अन्तर्गतका विभिन्न नौवटा संसदीय समितिको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक भदौ ८ गते र राष्ट्रियसभाको बैठक शुक्रबारका लागि तय भएकाले आज धेरै समितिका बैठक एकैदिन बस्न लागेका हुन्। अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’माथि दफावार छलफललाई निरन्तरता दिइनेछ। छलफलका लागि अर्थमन्त्री…
