दसैंको अग्रिम टिकटबारे मंगलबार यातायात व्यवसायीसँग छलफल
काठमाडौं । दसैं नजिकिँदै गए पनि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङबारे स्पष्ट निर्णय नहुँदा काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रु अन्योलमा परेका छन्। यसै विषयमा यातायात व्यवस्था विभागले मंगलबार यातायात व्यवसायी तथा सरोकारवाला निकायसँग छलफल गर्ने भएको छ। विभागले मंगलबार बिहान दसैंका लागि अग्रिम टिकट बुकिङको व्यवस्था, यात्रुको चाप तथा यातायात व्यवस्थापनलगायत विषयमा छलफल गर्न बैठक बोलाएको…
