Nanglevare Nanglevare

सीता गुरुङको उपसभापतिमा दाबी : महिला कोटाभन्दा खुला प्रतिस्पर्धा रोजिन्

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ तथा पूर्वमन्त्री सीता गुरुङले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदका लागि खुला प्रतिस्पर्धा गर्ने भएकी छन्। लामो समयदेखि कांग्रेसको संगठन र नेतृत्वमा सक्रिय गुरुङले यसपटक महिला कोटाको सट्टा समावेशी खुला समूहबाट उम्मेदवारी दिने तयारी गरेकी हुन्। महिलाका लागि छुट्याइएको ३३ प्रतिशत प्रतिनिधित्वको अवसर आफूजस्ता स्थापित नेतृले मात्रै प्रयोग गरिरहनुभन्दा नयाँ पुस्ताका…

Read More

जथाभावी पीपीए गर्दा अर्थतन्त्रमा जोखिम बढ्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् उत्पादनको योजना र बजारको सुनिश्चितता नगरी जथाभावी विद्युत् खरिद सम्झौता (पीपीए) गर्दै जाने हो भने मुलुकको अर्थतन्त्रमा गम्भीर असर पर्न सक्ने बताएका छन्। न्युज एजेन्सी नेपालसँगको कुराकानीमा मन्त्री श्रेष्ठले विद्युत् उत्पादन बढाउने मात्र नभई त्यसको खपतका लागि आवश्यक पूर्वाधार र बजार पनि सुनिश्चित हुनुपर्ने बताए। उत्पादन…

Read More

बुधबार सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले वृद्धि भएको हो। मूल्य बढेसँगै बुधबार छापावाल सुन प्रतितोला २ लाख ९२ हजार ३ सय रुपैयाँ पुगेको छ। मंगलबारको तुलनामा आज सुनको मूल्य ८ सय रुपैयाँले महँगिएको हो। त्यस्तै, चाँदीको…

Read More

अन्तर्राष्ट्रिय फुटबलबाट मेसीको भावुक बिदाइ, अन्तिम खेलमा पनि गरे गोल

काठमाडौं । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले राष्ट्रिय टोलीबाट आफ्नो अन्तर्राष्ट्रिय फुटबल यात्राको सुखद् अन्त्य गरेका छन्। ब्युनस आयर्सस्थित मोनुमेन्टल स्टेडियममा बेनिनविरुद्ध भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले ३–० को जित निकाल्दा मेसीले पेनाल्टीमार्फत गोल गर्दै आफ्नो अन्तिम खेललाई विशेष बनाए। अर्जेन्टिनाका लागि निकोलस ओटामेन्डीले ४८औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि…

Read More

कांग्रेस १५औँ महाधिवेशन : पदाधिकारीमा यस्तो छ उम्मेदवारहरूको सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता प्रक्रिया पूरा भएको छ। महाधिवेशनमा सभापतिदेखि विभिन्न समावेशी समूहका सहमहामन्त्रीसम्मका पदमा नेताहरूले उम्मेदवारी दिएका छन्। उम्मेदवारी दर्ता सकिएसँगै कांग्रेसका विभिन्न पदमा प्रतिस्पर्धा गर्ने नेताहरूको सूची सार्वजनिक भएको छ। सभापति पदमा तीन जना चुनावी मैदानमा छन् भने उपसभापति, महामन्त्री तथा सहमहामन्त्रीका विभिन्न समूहमा पनि…

Read More

पश्चिमी न्यूनचापीय प्रणाली र मनसुनी वायु सक्रिय, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज देशका विभिन्न भूभागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहेको छ भने तराईका केही भूभागमा आंशिक बदली देखिएको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा लुम्बिनीका एक–दुई ठाउँमा चट्याङसहित मध्यम…

Read More

आजको राशिफल

काठमाडौं । आज २१ असोज २०८३, बुधबार। ज्योतिषीय मान्यताअनुसार आज विभिन्न राशिका जातकका लागि मिश्रित फल प्राप्त हुने देखिन्छ। मेष: नयाँ कामको थालनीका लागि दिन अनुकूल रहनेछ। मेहनतअनुसार सफलता मिल्नेछ। वृष: रोकिएका काम अघि बढ्नेछन्। आर्थिक कारोबारमा भने सावधानी अपनाउनु उचित हुनेछ। मिथुन: काममा नयाँ अवसर प्राप्त हुन सक्छ। बोलीका कारण विवाद हुनसक्ने भएकाले संयम…

Read More

सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस

काठमाडौं । न्यायपरिषद्ले सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदपूर्तिका लागि उच्च अदालतका चार जना न्यायाधीशको नाम सिफारिस गरेको छ। न्यायपरिषद् स्रोतका अनुसार उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्दसहित न्यायाधीशहरू चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशका रूपमा सिफारिस गरिएको हो। सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पद पूर्ति गर्ने प्रक्रियाअन्तर्गत न्यायपरिषद्ले चार जनाको…

Read More

दसैं यात्राको चापले नयाँ बसपार्कमा मोबाइल नेटवर्क प्रभावित

काठमाडौं । दसैं मनाउन उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढेसँगै काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा मोबाइल फोनको नेटवर्कमा समस्या देखिन थालेको छ। यात्रुको संख्या बढ्दा टेलिकम सेवामा दबाब परेको भन्दै सेवा प्रदायकको क्षमता विस्तार गर्न पहल थालिएको छ। यातायात व्यवस्था विभागमा मंगलबार बसेको सरोकारवालाको बैठकले नेपाल टेलिकमसहित अन्य मोबाइल सेवा प्रदायकलाई नेटवर्क क्षमता बढाउन आग्रह गर्ने निर्णय…

Read More

एकल महिलाले पुनः विवाह गर्दा अंश फिर्ता गर्नुपर्ने व्यवस्था सर्वोच्चद्वारा खारेज

काठमाडौं । एकल महिलाले पुनः विवाह गरेपछि पहिलो श्रीमान्को सम्पत्तिबाट प्राप्त गरेको अंश फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था सर्वोच्च अदालतले खारेज गरेको छ। सर्वोच्चको संवैधानिक इजलासले मुलुकी देवानी संहिता, २०७४ को दफा २१४(२) संविधानसँग बाझिएको ठहर गर्दै उक्त प्रावधान अमान्य घोषित गरेको हो। महिला कानून तथा विकास मञ्चसहित तीन संस्थाले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै संवैधानिक…

Read More
Back To Top
Modern Footer Design