Nanglevare Nanglevare

दोहोरो अंकले घट्यो नेप्से

काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार शेयरबजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक १०.६७ घट्दै २ हजार ६१८.७२ विन्दुमा झरेको हो । अघिल्लो दिन नेप्से सूचक ७.१७ अंकले बढेको थियो । आज नेप्सेसँगै कारोबार समेत घटेको छ । नेप्सेका अनुसार आज ४ अर्ब १६ करोड ७६…

Read More

सामुदायिक वनको काम मिलाइदिने भन्दै घुस लिएको आरोपमा वन अधिकृत पक्राउ

उदयपुर । डिभिजन वन कार्यालय गाईघाटमा कार्यरत वन अधिकृत भुवन पौडेल घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले कार्यालय परिसरबाटै सातौँ तहका वन अधिकृत तथा सूचना अधिकारी पौडेललाई १६ हजार २५० रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको हो। अख्तियारका अनुसार पौडेलले सामुदायिक वन उपभोक्ता समूहसँग सम्बन्धित काम सहज रूपमा गराइदिने भन्दै…

Read More

शंखमुलको होस्टेलमा कुटपिटबाट २२ वर्षीय युवकको मृत्यु

काठमाडौं । काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टेलमा भएको कुटपिटमा गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ। काठमाडौं महानगरपालिका–१० शंखमुलस्थित उक्त होस्टेलमा बस्दै आएका दाङको घोराही उपमहानगरपालिका–१७ का २२ वर्षीय वसन्त कालाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार होस्टेलमै बस्ने बारा, कलैया उपमहानगरपालिका–३ का १८ वर्षीय शेखर यादव र २० वर्षीय प्रमित…

Read More

सुदूरपश्चिम भ्रमणमा मन्त्री रावल, सहकारीदेखि भूमिहीनका समस्या बुझ्ने

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणसम्बन्धी विषयसँगै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हालिरहेकी मन्त्री प्रतिभा रावल सुदूरपश्चिमका विभिन्न जिल्लाको भ्रमणमा जाने भएकी छन्। मन्त्री रावल भदौ ६ गतेदेखि केही दिन कञ्चनपुर, कैलालीलगायत जिल्लामा रहने कार्यक्रम तय भएको छ। भ्रमणका क्रममा उनले स्थानीय नागरिक तथा सरोकारवालासँग प्रत्यक्ष भेटघाट गरी मन्त्रालयसँग जोडिएका समस्या…

Read More

बजारमा सुन र चाँदी दुवै महँगियो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ हजार ३ सय रुपैयाँले वृद्धि भएको छ। महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख १६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार भने सुन प्रतितोला ३ लाख १३ हजार ४…

Read More

आज देशभर मौसम बदली, पहाडी र तराईका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । शुक्रबार देशभरको मौसम सामान्यदेखि आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने सम्भावना छ। उच्च हिमाली क्षेत्रमा भने हल्का हिमपातको समेत सम्भावना रहेको छ। यस्तै, तराईका केही भू–भागमा पनि वर्षा हुने पूर्वानुमान गरिएको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका…

Read More

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, स्थानीय निर्वाचनदेखि संगठन विस्तारसम्म छलफल हुने

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बिहान ११ बजे बैठक सुरु हुने महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिएका छन्। बैठकमा आगामी स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटसम्बन्धी रूपरेखा–२०८३ अनुमोदन गर्ने विषयमा छलफल हुने भएको छ। त्यस्तै, ‘राइट टु रिकल’ सम्बन्धी दस्ताबेज निर्माण तथा पार्टीको सांगठनिक व्यवस्थापन र…

Read More

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, एक वर्षमै उठ्यो ४ करोडभन्दा बढी राजस्व

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा विदेशी सिकारीको आकर्षण बढ्दो देखिएको छ। गत आर्थिक वर्षमा यहाँ २१ नाउर र ११ झारलको सिकार भएको छ भने विदेशी सिकारीबाट ४ करोड १७ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ। ढोरपाटन सिकार आरक्षका अनुसार वर्षमा दुई चरणमा सिकार गराउने व्यवस्था छ। पहिलो चरणमा ११ नाउर र ८…

Read More

हरिसिद्धिमा मृत भेटिएका चमरबहादुर नेपालीको शव परिवारले बुझे

काठमाडौँ । ललितपुर महानगरपालिका–२९ हरिसिद्धिमा मृत भेटिएका खोटाङका ५० वर्षीय चमरबहादुर नेपालीको शव परिवारले बुझेका छन्। भदौ २ गते साँझ हरिसिद्धिस्थित आफू बस्दै आएको टहरामा उनी मृत अवस्थामा फेला परेका थिए। घटनापछि प्रहरीले घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमका लागि पाटन अस्पताल पठाएको थियो। पोस्टमार्टमपछि परिवारले शव बुझेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी…

Read More

जुम्लामा सडकछेउ पुरुष मृत फेला, घटनाबारे अनुसन्धान हुँदै

जुम्ला । जुम्लामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। चन्दननाथ नगरपालिका–६ स्थित यान्त्रिक कार्यालयनजिक जुम्ला–नाग्मा सडकखण्डमा बिहीबार साँझ एक पुरुष घोप्टो परेको अवस्थामा मृत भेटिएका हुन्।जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रवक्ता शालिकराम खनालका अनुसार मृतक चन्दननाथ नगरपालिका–७ चिमा गाउँका ४१ वर्षीय रत्नचन्द्र रावल हुन्। प्रहरीले घटनास्थलबाट शव उठाएर परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको…

Read More
Back To Top
Modern Footer Design