कांग्रेस वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको उम्मेदवारी दर्ता
काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्माले उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ता प्रक्रिया चलिरहेका बेला शर्माले वरिष्ठ उपसभापति पदमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन्। शर्माको उम्मेदवारी भने वारेसमार्फत दर्ता गरिएको हो। पुष्पराज पौडेलले शर्माको तर्फबाट निर्वाचन कार्यालय पुगेर वरिष्ठ उपसभापति पदका लागि उम्मेदवारी दर्ता गराएका…
