त्रिविको निर्देशन,विभागहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउनुपर्ने
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना सबै विभागमा रहेका दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन जारी गरेको छ। विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार सूचना प्रकाशित गर्दै त्रिविअन्तर्गतका सबै विभाग प्रमुखलाई सम्बन्धित संरचना हटाई सोको जानकारी निर्देशनालयमा यथाशीघ्र उपलब्ध गराउन आग्रह गरेको हो। निर्देशनालयका अनुसार विश्वविद्यालय अनुदान आयोगमार्फत प्राप्त शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयको निर्देशनअनुसार…
