Nanglevare Nanglevare

बाढीबाट क्षतिग्रस्त दूरसञ्चार संरचना पुनर्निर्माण तीव्र

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढीका कारण क्षति पुगेका दूरसञ्चार पूर्वाधारको मर्मत तथा पुनःस्थापनाको काम तीव्र गतिमा भइरहेको बताएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री तिमिल्सिनाले भोटेकोशीसहित पछिल्ला बाढीका कारण दूरसञ्चार क्षेत्रमा करिब ८ करोड ८५ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको जानकारी दिए। बाढी प्रभावित क्षेत्रमा सञ्चार सेवा चाँडोभन्दा चाँडो सञ्चालनमा…

Read More

एमाले सांसद सिद्धिकीले कानुन समिति बैठक बहिस्कार गरिन्

काठमाडौं । नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बीचमै छाडेकी छन्। बुधबार सिंहदरबारमा बसेको समितिको बैठकमा कैदीबन्दी तथा थुनुवाको मानव अधिकार अवस्थासम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल भइरहेका बेला उनले बैठक बहिस्कार गरेकी हुन्। सांसद सिद्धिकीका अनुसार बैठकलाई सभापतिले प्रभावकारी रूपमा सञ्चालन गर्न नसकेको र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी…

Read More

सिन्धुलीमा जिप दुर्घटना, ८ जना घाइते

सिन्धुली । सिन्धुलीमा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। बीपी राजमार्गअन्तर्गत सुनकोशी गाउँपालिका–३ गणेशथानमा जिप अनियन्त्रित भएर सडकबाट करिब २० मिटर तल खसेको प्रहरीले जनाएको छ। बुधबार बिहान करिब साढे ८ बजे काभ्रेपलाञ्चोकबाट रामेछापतर्फ जाँदै गरेको बा.प्र.०१–०३१ च ९७४९ नम्बरको जिप दुर्घटनामा परेको हो। दुर्घटनामा काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–१ का २८ वर्षीय रोमबहादुर योञ्जन,…

Read More

‘बा एक योद्धा’मा दिव्यदेवको अभिनयको चर्चा, कथा भने औसत

काठमाडौं । हरि लम्साल निर्देशित नेपाली फिल्म ‘बा एक योद्धा’ ले बाबुको त्याग, पारिवारिक जिम्मेवारी र सन्तानका लागि गरिने संघर्षलाई कथाको केन्द्रमा राखेको छ। फिल्ममा ५८ वर्षीय बाबु रुद्रप्रसादको भूमिकामा ३७ वर्षीय अभिनेता दिव्यदेव प्रस्तुत भएका छन्। उमेरभन्दा २१ वर्ष जेठो पात्रको भूमिका निर्वाह गरेका दिव्यदेवले आवाज, हाउभाउ, हिँडाइ र अनुहारको भावमार्फत रुद्रप्रसादको चरित्रलाई जीवन्त…

Read More

चाडपर्वमा यात्रु आवागमन सहज बनाउन पूर्वाधार विकास समितिको निर्देशन

काठमाडौँ । दसैँ, तिहार र छठलगायतका ठूला चाडपर्व नजिकिएसँगै बढ्ने यात्रुको चापलाई व्यवस्थित गर्न संघीय संसद्को पूर्वाधार विकास समितिले सरकार तथा सम्बन्धित निकायलाई आवश्यक तयारी गर्न निर्देशन दिएको छ। मंगलबार बसेको समितिको बैठकले चाडपर्वको समयमा सार्वजनिक यातायातलाई सुरक्षित, सहज र व्यवस्थित बनाउन विभिन्न निर्णय गर्दै कार्यान्वयनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको हो। समितिले यात्रुको चापलाई…

Read More

जाजरकोटमा ७५ वर्षीय ससुराको हत्या आरोपमा बुहारी पक्राउ

जाजरकोट । जुनिचाँदे गाउँपालिका–५ पाँगामा ७५ वर्षीय गंगाराम शाहीको हत्या गरेको आरोपमा प्रहरीले उनकी माइली बुहारी शर्मिला शाहीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार गत साउन ११ गते राति करिब ८ बजेतिर गंगाराम आफ्नै घरको सिँढीनजिक घाँटीमा धारिलो हतियार प्रहार गरिएको अवस्थामा मृत फेला परेका थिए। घटनास्थलबाट प्रहरीले हत्या गर्न प्रयोग भएको भनिएको…

Read More

अस्ट्रेलियामा अस्थायी भिसामा नयाँ कडाइ, अन्तर्राष्ट्रिय विद्यार्थी पनि प्रभावित

काठमाडौं । अस्ट्रेलिया सरकारले आप्रवासन व्यवस्थापनलाई थप व्यवस्थित गर्ने भन्दै अस्थायी भिसासम्बन्धी नियममा कडाइ गर्ने घोषणा गरेको छ। नयाँ व्यवस्थाबाट अस्ट्रेलियामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीसमेत प्रभावित हुने भएका छन्। सरकारले चालु आर्थिक वर्षमा खुद वैदेशिक आप्रवासनको संख्या २ लाख ४५ हजारमा सीमित गर्ने लक्ष्य लिएको छ। सोही लक्ष्यअनुसार अस्थायी भिसा प्रणालीमा विभिन्न परिवर्तन गर्न लागिएको हो।…

Read More

प्रतिनिधिसभा बैठक आज, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित विधेयकलाई सम्बन्धित समितिमा पठाउनेदेखि केही विधेयक पारित गर्ने प्रस्तावसमेत पेस हुने सम्भावित कार्यसूची रहेको छ। संसद् सचिवालयका अनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले तीन वटा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछिन्। उनका…

Read More

आज ६ प्रदेशमा वर्षाको सम्भावना, बाँकी क्षेत्रमा आंशिक बदली

काठमाडौं । देशमा मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले आज विभिन्न भूभागमा मौसम बदली हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने ६ प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपासमा रहेको छ। यसको प्रभावसँगै…

Read More

आजको राशिफल

काठमाडौं । आज २०८३ साल असोज १४ गते बुधबार, आश्विन कृष्णपक्ष चतुर्थी। ज्योतिषीय मान्यताअनुसार आज केही राशिका लागि आर्थिक लाभ, नयाँ अवसर र कार्यक्षेत्रमा प्रगतिको योग देखिएको छ भने केही राशिले खर्च, स्वास्थ्य तथा पारिवारिक विषयमा सावधानी अपनाउनुपर्ने देखिन्छ। आज तपाईंको राशि अनुसार दिन कस्तो रहला ? मेष: आज आत्मविश्वास बढ्नेछ। नयाँ कामको थालनी गर्न…

Read More
Back To Top
Modern Footer Design