मनसुनी न्यून चापीय रेखा उत्तरतिर, देशभर वर्षाको सम्भावना
काठमाडौं । मनसुनी न्यून चापीय रेखा आफ्नो औसत अवस्थाभन्दा उत्तरतिर सरेसँगै देशभर मनसुनी गतिविधि सक्रिय बनेको छ। यसको प्रभावले सोमबार देशका अधिकांश भू–भागमा बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। अधिकांश क्षेत्रमा आकाश सामान्यदेखि पूर्ण बदली रहेको छ भने कोशी प्रदेशका केही तथा बागमती र लुम्बिनी…
