कुकुर तिहार,जानौँ कुकुरका १३ रोचक तथ्य

काठमाडौँ । आज आइतबार अर्थात् २२ कात्तिक २०८३, हिन्दु धर्मावलम्बीहरूको दोस्रो दिनको तिहार अर्थात् कुकुर तिहार मनाइँदैछ। यस दिन कुकुरलाई फूलमाला लगाइदिने, टीका लगाउने तथा मिठा परिकार खुवाएर सम्मान गर्ने परम्परा छ। धार्मिक मान्यतामा कुकुरलाई यमराजको दूतका रूपमा समेत लिइन्छ। तिहारमा विशेष महत्त्व पाउने यही कुकुरका बारेमा केही रोचक र वैज्ञानिक तथ्य पनि छन्। कुकुरको…

Read More

पश्चिमी वायुको प्रभाव कायमै, पाँच प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली भएको छ भने देशका अन्य भूभागको मौसम सामान्यतया सफा रहेको छ। आइतबार दिउँसो हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। तराई क्षेत्रमा भने मौसम मुख्यतः सफा रहने…

Read More

सरकारको पहल जारी छ, गौतमबुद्ध विमानस्थल चाँडै पूर्ण क्षमतामा चल्छ : सांसद अग्रवाल

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद पुनमकुमारी अग्रवालले भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन सरकारबाट आवश्यक पहल भइरहेको बताएकी छन् । विमानस्थल सञ्चालनका लागि सरकारले आन्तरिक तयारीसँगै कूटनीतिक तहमा समेत आवश्यक समन्वय र पहल गरिरहेको उनको भनाइ छ । शनिबार चेम्बर अफ कमर्स, रुपन्देहीले भैरहवामा आयोजना गरेको निजी क्षेत्र तथा…

Read More

लुम्बिनी लायन्सले टस जित्दै काठमान्डु गुर्खाजलाई ब्याटिङको निम्तो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनअन्तर्गत शनिबारको खेलमा लुम्बिनी लायन्सले टस जितेको छ । त्रिवि क्रिकेट मैदानमा केहीबेरपछि सुरु हुने खेलमा लुम्बिनीका कप्तानले टस जितेर काठमान्डु गुर्खाजलाई पहिले ब्याटिङका लागि आमन्त्रण गरेका हुन् । टस गुमाएको काठमान्डु गुर्खाजले अब निर्धारित ओभरमा ब्याटिङ गर्दै प्रतिस्पर्धात्मक योगफल बनाउने प्रयास गर्नेछ । यता लुम्बिनी लायन्सले…

Read More

सर्वोच्चका चार प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सम्पन्न

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरिएका चार जनाको संसदीय सुनुवाइ प्रक्रिया पूरा भएको छ । सर्वोच्च अदालतका लागि न्यायपरिषद्बाट सिफारिस भएका चन्द्रबहादुर सारु, जनक पाण्डे, गोकर्ण डाँगी र डा. रत्नबहादुर बागचन्दको संसदीय सुनुवाइ सम्पन्न भएको हो । सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिमा शनिबार दुई जना प्रस्तावित न्यायाधीशको सुनुवाइ गरिएको थियो । यसअघि शुक्रबार पनि…

Read More

सिरहामा डेढ लाख रुपैयाँ बराबरका पटाका नष्ट

जनकपुरधाम । सिरहा प्रहरीले विभिन्न समयमा बरामद गरेका करिब १ लाख ५० हजार रुपैयाँ मूल्य बराबरका पटाकाजन्य सामग्री नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहा तथा मातहतका प्रहरी इकाइहरूले विभिन्न कारबाहीका क्रममा नियन्त्रणमा लिएका पटाकाहरू नष्ट गरिएको हो। प्रहरीले बरामद गरिएका पटाकाजन्य सामग्री सिरहा नगरपालिका–६ स्थित कमला नदीको किनारमा खाल्डो खनेर पुरेको जनाएको छ। स्थानीयवासी…

Read More

प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी तीव्र, मंसिर ६ गते जाने प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारी तीव्र पारिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले शुक्रबार आयोजित नियमित प्रेस ब्रिफिङमा आगामी मंसिरमा हुने भनिएको भ्रमणका लागि आवश्यक तयारी अघि बढिरहेको जानकारी दिएका हुन्। प्रधानमन्त्री शाह मंसिर ६ गते भारत जाने प्रस्ताव गरिएको छ। यद्यपि, भ्रमणको मिति भने औपचारिक रूपमा…

Read More

राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्न शीतल निवास पुगे सभामुख अर्याल

काठमाडौं । देशको राष्ट्रिय राजनीति विभिन्न घटनाक्रमले तरंगित भइरहेका बेला सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। सभामुख अर्याल शुक्रबार राष्ट्रपति भेट्न शीतल निवास पुगेका हुन्। पछिल्लो समय बिचौलिया र न्यायालयबीचको सम्बन्धको विषय, प्रहरी महानिरीक्षकको बर्खास्ती तथा सत्तारुढ दलभित्र देखिएको असन्तुष्टिलगायतका घटनाले राजनीतिक वृत्तमा चर्चा पाइरहेका छन्। यसैबीच, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले…

Read More

आईजीपीबाट हटाइएपछि दानबहादुर कार्की सर्वोच्च पुगे, रिट दर्ता

काठमाडौं । आफूलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट गैरकानुनी रूपमा हटाइएको दाबी गर्दै निवर्तमान आईजीपी दानबहादुर कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन दर्ता भएको छ। कार्कीले बिहीबार आफ्ना कानुन व्यवसायीमार्फत सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका थिए। तर, अध्ययनको क्रममा रहेको भन्दै सोही दिन दर्ता हुन सकेको थिएन। शुक्रबार भने सर्वोच्च अदालत प्रशासनले निवेदन दर्ता…

Read More

‘मेरो जग्गा हडप्ने व्यक्तिलाई सर्वोच्चको न्यायाधीश बनाउन मिल्दैन’ : उजुरीकर्ता न्यौपाने

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका गोकर्ण डाँगीविरुद्ध संसदीय सुनुवाइ समितिमा जग्गा विवादसम्बन्धी उजुरी परेको छ । उजुरीकर्ता टंकराज न्यौपानेले आफ्नो जग्गा गैरकानुनी रूपमा हडपिएको आरोप लगाउँदै डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गर्न नहुने बताएका छन् । शुक्रबार संसदीय सुनुवाइ समितिमा आफ्नो धारणा राख्दै न्यौपानेले साधारण निवेदनका आधारमा आफ्ना आफन्तहरूको नामसमेत समावेश…

Read More
Back To Top
Modern Footer Design