साउदीलाई एफ–३५ लडाकु विमान बेच्ने अमेरिकी योजनामाथि किन उठ्यो प्रश्न?

काठमाडौं । अमेरिकाले साउदी अरेबियालाई अत्याधुनिक एफ–३५ लडाकु विमान बिक्री गर्ने योजना अघि सारेपछि त्यसलाई लिएर अमेरिकी राजनीतिमा बहस सुरु भएको छ। अमेरिकी प्रशासनले करिब ५० वटा विमान बिक्रीलाई स्वीकृति दिएको जनाएको छ। प्रस्तावित सम्झौताको मूल्य करिब २४ अर्ब अमेरिकी डलर रहेको छ। एफ–३५ स्टिल्थ प्रविधियुक्त अत्याधुनिक लडाकु विमान हो। यसले शत्रुको राडारमा सहजै पहिचान…

Read More

आज गणेशमान सिंहको २९औँ स्मृति दिवस, विभिन्न कार्यक्रम गरी सम्झँदै

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेतामध्येका एक तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको आज २९औँ स्मृति दिवस मनाइँदै छ। सिंहको योगदानको स्मरण गर्दै नेपाली कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संस्थाले विभिन्न कार्यक्रम आयोजना गरेका छन्। गणेशमान सिंहको निधन २०५४ साल असोज २ गते भएको थियो। विसं १९७२ कात्तिक २४ गते काठमाडौंको क्षेत्रपाटीमा जन्मिएका सिंहले…

Read More

देशभर मनसुन र पश्चिमी वायुको प्रभाव, तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना रहेको छ। महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि आंशिक बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका केही स्थान तथा कोशी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम…

Read More

महाधिवेशन स्थगित गरेर सहमतिको पहल गर्न गगन थापालाई पूर्णबहादुर खड्काको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र देखिएको विवाद समाधान गर्दै एकता कायम गर्न सभापति गगन थापालाई १५औँ महाधिवेशनको कार्यतालिका केही समयका लागि स्थगित गर्न आग्रह गरेका छन् । खड्काले बिहीबार सामाजिक सञ्जालमार्फत थापालाई सम्बोधन गर्दै महाधिवेशनको प्रक्रिया केही समय रोकेर पार्टीका सबै पक्षसँग संवाद र सहमतिको प्रयास अघि बढाउन सुझाव दिएका…

Read More

अमेरिकालाई चुनौती दिँदै क्यानडा–युरोप नजिकिँदै, ट्रम्पको चेतावनी

काठमाडौं । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले युरोप र क्यानडा एकसाथ हुँदा दुवै पक्ष थप बलियो हुने बताएका छन्। युरोपेली संसद्मा सम्बोधन गर्दै कार्नीले क्यानडा र युरोपबीचको सम्बन्धलाई थप मजबुत बनाउने पक्षमा जोड दिएका हुन्। कार्नीले युरोपेली संघसँग ‘विशेष किसिमको गठबन्धन’ निर्माण गर्न आफू इच्छुक रहेको बताएका छन्। यसअघि युरोपेली आयोगकी अध्यक्ष उर्सुला फन डेर लेयनले…

Read More

‘द ग्रे जोनको समाचारबारे रवि र बालेनले जवाफ दिनुपर्छ’

काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले अमेरिकी अनलाइन सञ्चारमाध्यम ‘द ग्रे जोन’मा प्रकाशित समाचारबारे रास्वपाका सभापति रवि लामिछाने, प्रधानमन्त्री तथा अन्य सम्बन्धित व्यक्तिले स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पोखरेलले गत वर्ष भदौ तेइस र चौबीस गते भएका हिंसात्मक तथा विध्वंसात्मक घटनासँगै रास्वपा सभापति र प्रधानमन्त्रीको राजनीतिक उदयबारे ‘द ग्रे जोन’ले…

Read More

मेलम्चीका पीडित र स्थानीय भेन्डर्सका माग सम्बोधन गर्न सरकारसँग दुलालको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित स्थानीय तथा भेन्डर्सका माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै दुलालले पीडित तथा स्थानीय भेन्डर्सले पुनः आन्दोलन घोषणा गरेको जानकारी गराउँदै त्यसका कारण मेलम्ची खानेपानी आयोजनाको काम प्रभावित हुन सक्ने बताएका हुन्। उनका अनुसार…

Read More

श्रीमतीको सारीदेखि बच्चाको स्कुल शुल्कसम्मका लागि विदेश जानुपर्ने अवस्था अन्त्य गरौँ

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले नेपाली नागरिक सामान्य आवश्यकता पूरा गर्नकै लागि विदेशिनुपर्ने अवस्था अन्त्य गर्न स्वदेशमै रोजगारी र आर्थिक अवसर सिर्जना गर्नुपर्ने बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले रोजगारी, लगानी र आर्थिक गतिविधि बढाउन राज्यको नीति तथा विकासको वर्तमान ढाँचामै पुनर्विचार आवश्यक रहेको बताए। अर्यालले वैदेशिक रोजगारीलाई विदेश जाने युवाको संख्याका रूपमा मात्र…

Read More

डोटीमा भालुको आक्रमण, दुई जना घाइते

काठमाडौं । डोटीको पूर्वीचौकी गाउँपालिका–२ मा भालुको आक्रमणबाट दुई जना घाइते भएका छन्। बिहीबार बिहान छुट्टाछुट्टै स्थानमा भालुले आक्रमण गर्दा उनीहरू घाइते भएका हुन्। भालुको आक्रमणमा परी कालीका आधारभूत विद्यालय, भारतोलीका २५ वर्षीय शिक्षक हरिप्रसाद चौधरी घाइते भएका छन्। बिहान करिब साढे ६ बजे विद्यालयतर्फ जाने क्रममा बाटोमै भालुले आक्रमण गरेको भारतोली माध्यमिक विद्यालयका शिक्षक भीमबहादुर…

Read More

गाजामा भवन भत्किँदा २१ जनाको मृत्यु, १०० जना बेपत्ता

गाजा। गाजा सिटीमा युद्धका कारण क्षतिग्रस्त आवासीय भवन भत्किँदा २० भन्दा बढी मानिसको मृत्यु भएको छ। भग्नावशेषमा अझै दर्जनौँ मानिस फसेको आशंका गरिएको छ। स्थानीय अधिकारीका अनुसार बुधबार बिहान रिमाल क्षेत्रमा रहेको अल–सादा नामक आवासीय भवन अचानक भत्किएको हो। अल–शिफा अस्पतालका निर्देशक डा. मोहम्मद अबु सल्मियाले सीएनएनलाई कम्तीमा २१ जनाको मृत्यु भएको जानकारी दिएका छन्।…

Read More
Back To Top
Modern Footer Design