आज पनि मनसुनी प्रभाव कायमै, तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ। हाल कोशी प्रदेशसहित देशका अधिकांश पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि आंशिक बदली रहेको छ। तराई क्षेत्रमा भने आंशिकदेखि सामान्य बदली देखिएको छ। कोशी, बागमती र…

Read More

शिक्षामन्त्री पोखरेलद्वारा गजेन्द्रनारायण सिंह अस्पतालको निरीक्षण, बबिताकुमारीसँग भेट

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको स्थलगत निरीक्षण गरेका छन्। अस्पतालको गेटमै प्रसूति गर्न बाध्य भएकी सप्तरीकी बबिताकुमारी पासवानको घटनाबारे जानकारी लिन मन्त्री पोखरेल अस्पताल पुगेका हुन्। निरीक्षणका क्रममा उनले उपचाररत पासवानसँग भेट गरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी लिए। अस्पताल प्रशासनका अनुसार पासवान र नवजात शिशु…

Read More

देउवा समूहले संस्थापनको निर्णय अस्वीकार गर्ने

काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले विशेष महाधिवेशनबाट बनेको गगन थापा नेतृत्वको संस्थापन पक्षले गरेका निर्णयलाई मान्यता नदिने निर्णय गरेको छ। सोमबार बिहान चुनदेवीस्थित देउवा निवासमा बसेको समूहको बैठकले विशेष महाधिवेशन नै वैधानिक नभएको दाबी गर्दै त्यसबाट गठित समितिले गरेका निर्णय स्वीकार नगर्ने निष्कर्ष निकालेको हो। देउवा समूहले संस्थापन पक्षले असोजमा १५औँ महाधिवेशन गर्ने…

Read More

शिक्षाविद् विद्या लिम्बुको निधन

काठमाडौं । नेपालमा निजी शिक्षा क्षेत्रको विस्तार र विकासमा महत्वपूर्ण योगदान पुर्‍याएकी शिक्षाविद् विद्या लिम्बुको निधन भएको छ। ७८ वर्षीया लिम्बुको शुक्रबार राति १०ः४५ बजे काठमाडौंस्थित ग्रान्डी अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। केही समयदेखि मृगौलासम्बन्धी समस्याबाट पीडित रहेकी उनको उपचारका क्रममा निधन भएको हो। लिम्बुले शिक्षण क्षेत्रमा लामो समय योगदान दिएकी थिइन्। उनले…

Read More

संक्रामक पशुरोगबाट पीडित किसानका लागि छुट्टै कोष नबनाउने सरकारको नीति

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संक्रामक पशुरोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन तत्काल छुट्टै नयाँ कोष स्थापना गर्ने सरकारको नीति नरहेको स्पष्ट पारेकी छन्। सोमबार विधायन व्यवस्थापन समितिमा ‘संक्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३’ माथि भएको दफावार छलफलका क्रममा मन्त्री चौधरीले नयाँ कोष थप्नुको सट्टा विगतमा स्थापना भएका कोषलाई प्रभावकारी बनाउने तथा आवश्यक…

Read More

भोटेकोशी बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी बाढीबाट प्रभावित तथा विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका जिल्लाका जनप्रतिनिधिसँग छलफल थालेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बिहान ११ बजेदेखि नुवाकोट, रसुवा, धादिङ, गोरखा र तनहुँका १५ स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसभा सदस्यसँग छलफल भइरहेको हो। बैठकमा बाढीपछि प्रभावित क्षेत्रमा देखिएको अवस्था, तत्कालका समस्या, अब चाल्नुपर्ने कदम…

Read More

भोटेकोशी बाढीपछि थपुवागाउँमा तीजको रौनक हरायो

बाँके । भोटेकोशी बाढीमा गाउँका पाँच जना बेपत्ता भएपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० मनिकापुरस्थित थपुवागाउँमा यस वर्ष तीजको खुसी हराएको छ। हरेक वर्ष तीजमा नाचगान र रमझमले भरिने गाउँ अहिले शोक र पर्खाइमा छ। भदौ १० गते आएको भोटेकोशी बाढीले गाउँका पाँच जनालाई बेपत्ता बनाएपछि धेरै परिवारको दैनिकी नै बदलिएको छ। रसुवा भन्सार कार्यालय टिमुरेमा काम…

Read More

आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला

काठमाडौं । हिन्दू धर्मावलम्बी महिलाहरूले आज हरितालिका तीज मनाउँदैछन्। भाद्र शुक्ल तृतीया तिथिमा मनाइने तीजमा शिव–पार्वतीको पूजा–आराधना गर्दै सुख, शान्ति र पारिवारिक कल्याणको कामना गर्ने धार्मिक परम्परा छ। धार्मिक मान्यताअनुसार विवाहित महिलाहरू पतिको दीर्घायु तथा सुख–समृद्धिको कामना गर्दै व्रत बस्छन् भने अविवाहित महिलाहरूले सुयोग्य वर प्राप्तिको कामना गर्ने चलन छ। शास्त्रीय रूपमा भने महिला र…

Read More

देशभर मनसुनी गतिविधि सक्रिय

काठमाडौं । देशभर मनसुनी गतिविधि सक्रिय रहेकाले आज विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुनसक्ने भएकाले सतर्कता अपनाउनुपर्ने देखिएको छ। महाशाखाका अनुसार अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ। सोमबार बिहान बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा कोशी र कर्णालीका…

Read More

विपद्को चोटले खल्लो बनायो यसपालिको तीज

काठमाडौं । भदौ लागेसँगै सामान्यतया नेपाली समाजमा तीजको रौनक सुरु हुन्थ्यो। रातो पहिरनमा सजिएका महिला, तीजका गीत, दर खाने कार्यक्रम र भेटघाटले घरदेखि बजारसम्म चहलपहल बढ्थ्यो। तर यस वर्ष भने तीजको त्यो उल्लासमा विपद्को पीडा मिसिएको छ। भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति गरेपछि त्यसको असर धेरै परिवारको चाडपर्वसम्म पुगेको…

Read More
Back To Top
Modern Footer Design