सुस्ता क्षेत्रमा एसएसबीको गतिविधि बढेको भन्दै सांसद काउचाको सरकारसँग जवाफ माग

काठमाडौँ। नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)को आवागमन र गतिविधि बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सुस्ताका सीमावासीलाई राज्यको साथ रहेको अनुभूति दिलाउन आवश्यक रहेको बताइन्। उनका अनुसार प्रधानमन्त्रीले केही समयअघि संसदमा दिएको ‘नेपालले पनि सीमा मिचेको छ’ भन्ने अभिव्यक्तिपछि सुस्ता क्षेत्रमा एसएसबीका अधिकारीहरूको आवागमन बढेको स्थानीयको गुनासो आएको छ।

सांसद काउचाले जेठ १७ पछि पुनः जेठ २९ गते पनि एसएसबीका अधिकारीहरू सुस्ता क्षेत्रमा आएको उल्लेख गर्दै स्थानीयले उनीहरूलाई फर्काएको बताइन्। तर, फेरि आउने चेतावनी दिएर फर्किएको भन्दै उनले सरकारको तयारीबारे प्रश्न उठाइन्। उनले सुस्ता क्षेत्रका बासिन्दालाई सुरक्षा प्रत्याभूति दिन सरकार के गरिरहेको छ भन्ने विषयमा संसदमा स्पष्ट जवाफ दिनुपर्ने माग गरेकी छन्।

Back To Top
Modern Footer Design