रास्वपा महाधिवेशनको बन्दसत्र आज दिउँसो २ बजेबाट सुरु हुने, यस्तो छ कार्यतालिका

चितवन । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी को पहिलो महाधिवेशनअन्तर्गत आज बन्दसत्र दिउँसो २ बजेबाट सुरु हुने भएको छ। कार्यतालिका अनुसार बिहान प्रतिनिधि दर्ताको काम भइसकेपछि ११: ४५ बजे खाना ब्रेक हुनेछ र त्यसपछि २ बजे बन्दसत्र औपचारिक रूपमा प्रारम्भ हुनेछ।

उद्घाटन सभापति रवि लामिछाने ले गर्नेछन्। बन्दसत्रमा विभिन्न प्रतिवेदनहरू प्रस्तुत हुनेछन्। सुरुमा अनुशासन आयोगको प्रतिवेदन, त्यसपछि कोषाध्यक्षको आर्थिक प्रतिवेदन र संगठनात्मक प्रतिवेदन प्रस्तुत गरिनेछ। त्यसपछि विधान संशोधन प्रस्तावमाथि छलफल गरी अनुमोदन गर्ने कार्यक्रम छ।
त्यस्तै उपसभापति स्वर्णिम वाग्ले ले अर्थ–राजनीतिक प्रस्तावना प्रस्तुत गर्नेछन् भने सभापति लामिछानेले राजनीतिक प्रतिवेदन पनि पेस गर्नेछन्। यी विषयहरूमा साँझसम्म छलफल चल्नेछ। कार्यक्रमको अन्त्यतिर अन्तरिम व्यवस्थापन समिति गठन गरिनेछ र त्यसपछि निर्वाचन आयोगलाई नेतृत्व चयनको प्रक्रिया अघि बढाउने जिम्मेवारी हस्तान्तरण गरिनेछ।

Back To Top
Modern Footer Design