चट्याङ लागेर सङ्खुवासभामा महिलाको मृत्यु

सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।

आइतबार वर्षासँगै परेको चट्याङ लाग्दा स्थानीय ३९ वर्षीया कुमारी राई गम्भीर घाइते भएकी थिइन्। उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र नुमतर्फ लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ। प्रहरीका अनुसार घरमा रहेको विद्युत् मिटर बक्स बन्द गर्ने क्रममा राईलाई चट्याङ लागेको थियो। घटनापछि तत्काल उपचारका लागि लगिए पनि उनको ज्यान जोगाउन सकिएन। मृतकको शव जिल्ला अस्पताल सङ्खुवासभा ल्याइएको छ। आवश्यक कानुनी प्रक्रिया तथा शवपरीक्षणपछि परिवारलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ।

Back To Top
Modern Footer Design