विश्व खेलकुद पत्रकार दिवस आज विभिन्न कार्यक्रमसहित मनाइँदै

काठमाडौँ। विश्वभर आज जुलाई २ का दिन विश्व खेलकुद पत्रकार दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। खेलकुद पत्रकारिताको महत्व र यस क्षेत्रमा कार्यरत पत्रकारहरूको योगदानको सम्मानस्वरूप प्रत्येक वर्ष यो दिवस मनाउने गरिन्छ।

सन् १९९४ देखि औपचारिक रूपमा मनाउन थालिएको यो दिवस सन् १९२४ मा बेलायतमा अन्तर्राष्ट्रिय खेलकुद प्रेस संघ (एआईपीएस) स्थापना भएको दिनको सम्झनामा मनाइन्छ। खेलकुद क्षेत्रमा समाचार संकलन, विश्लेषण र सम्प्रेषणमा संलग्न पत्रकारहरूका लागि यो दिन विशेष महत्वको मानिन्छ। खेलाडी, प्रशिक्षक, प्रतियोगिता तथा खेल गतिविधिबारे सही र विश्वसनीय जानकारी दर्शक तथा पाठकमाझ पुर्‍याउन खेल पत्रकारिताले महत्वपूर्ण भूमिका खेल्दै आएको छ। खेलकुद पत्रकारिता पत्रकारिताको एउटा विशिष्ट विधा हो, जसले खेलसँग सम्बन्धित घटना, प्रतियोगिता, उपलब्धि र समसामयिक गतिविधिलाई समाचार तथा विश्लेषणमार्फत आमसञ्चारका माध्यमबाट सार्वजनिक गर्ने काम गर्छ।

Back To Top
Modern Footer Design