Nanglevare Nanglevare

आज बस्दैछ सङ्घीय संसद्का दुवै सदनको बैठक, के–के छन् कार्यसूचीमा ?

काठमाडौं । सङ्घीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्ने कार्यतालिका रहेको छ। प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दसौँ संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। यस्तै, युवा श्रम तथा रोजगारमन्त्री रामजी यादवले…

Read More

देशभर मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुनसक्ने अनुमान गरिएको…

Read More

आजको राशिफल

काठमाडौं, भदौ ३ — आज २०८३ साल भदौ ३ गते बुधबार। चन्द्रमाको गोचर र ग्रहस्थितिका आधारमा आज विभिन्न राशिका व्यक्तिका लागि दिन मिश्रित रहनेछ। काम, अध्ययन, व्यापार तथा पारिवारिक सम्बन्धमा राशिअनुसार फरक–फरक प्रभाव देखिन सक्छ। मेष: नयाँ कामको थालनीका लागि दिन अनुकूल रहनेछ। मेहनतअनुसार सफलता मिल्नेछ। आर्थिक पक्षमा सुधार आउने सम्भावना छ। वृष: काममा जिम्मेवारी…

Read More

सरकारी नियुक्तिमा समावेशी प्रतिनिधित्व कमजोर :सभापति राई

काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सरकारबाट विभिन्न निकायमा हुने नियुक्तिमा समावेशी तथा समानुपातिक प्रतिनिधित्वको अवस्था र सुधारका उपायबारे छलफल भएको छ। मंगलबार बसेको बैठकमा संवैधानिकलगायत विभिन्न निकायमा हुने नियुक्तिमा समावेशिताको अवस्था, देखिएका समस्या तथा सुधारका सम्भावित उपायबारे छलफल गरिएको हो। बैठकमा समितिकी सभापति जयन्तीदेवी राईले सरकारी नियुक्तिमा समावेशी प्रतिनिधित्वको…

Read More

प्रधानमन्त्री शाह र भारतीय स्थल सेनाध्यक्ष सेठबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाह र भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठबीच मंगलबार शिष्टाचार भेटवार्ता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल–भारत सम्बन्ध, दुई देशबीचको सहकार्य तथा आपसी हितका विषयमा छलफल भएको बताइएको छ। भेटमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसमेत सहभागी थिए। नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलको निमन्त्रणामा…

Read More

आईपीओ निष्कासनका लागि थप चार कम्पनी सेबोनको अनुमतिको पर्खाइमा

काठमाडौं । प्राथमिक सेयर (आईपीओ) निष्कासनका लागि थप चार कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) समक्ष अनुमति माग्दै आवेदन दिएका छन्। मकरीगाड हाइड्रोपावर लिमिटेड, कालिञ्चोक इन्भेष्टमेन्ट कम्पनी लिमिटेड, इन्द्रेणी मसरुम फार्म लिमिटेड र मध्यपुर अस्पताल लिमिटेडले आईपीओ जारी गर्न अनुमति मागेका हुन्। चारवटै कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्कासन गर्ने प्रस्तावसहित बोर्डमा आवेदन दिएका…

Read More

सरकार संसद्प्रति र संसद् जनताप्रति जवाफदेही हुनुपर्छ : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार संसद्प्रति र संसद् जनताप्रति जवाफदेही हुनुपर्ने बताएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै साम्पाङले जनसरोकारका महत्वपूर्ण विषयमा सरकार प्रभावकारी बन्न नसकेको आरोप लगाए। उनले प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर जनताका सवाल र प्रश्नको स्पष्ट तथा दफावार जवाफ दिनुपर्ने माग गरे। विकास निर्माणका काममा अवरोध सिर्जना गर्ने झन्झटिला कानुनी…

Read More

ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न माग गर्दै विद्यार्थीहरूले गरे विरोध प्रदर्शन

काठमाडौं । खाना पकाउने ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न माग गर्दै विद्यार्थीहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्। लामो समयदेखि देखिएको ग्यास अभावका कारण विद्यार्थी तथा सर्वसाधारण समस्यामा परेको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले मंगलबार त्रिचन्द्र क्याम्पसअगाडि प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागी विद्यार्थीहरूले सरकारको नीतिका कारण ग्यासको अभाव चर्किएको आरोप लगाउँदै तत्काल सहज रूपमा ग्यासको…

Read More

सुनको मूल्य स्थिर, चाँदी तोलामा १५ रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो। यसअघि सोमबार सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको थियो।…

Read More

मकवानपुरको जुरिखेतमा जिप दुर्घटना, ६ जना सवार

हेटौंडा । हेटौंडा–काठमाडौं जोड्ने छोटो मार्गअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा मंगलबार बिहान जिप दुर्घटनामा परेको छ। प्रहरीका अनुसार जिप सडकबाट भिरतर्फ खसेको हो। दुर्घटनाको सूचना पाएपछि भीमफेदी इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली तत्काल घटनास्थलतर्फ परिचालन गरिएको थियो। प्रहरीका अनुसार दुर्घटनाग्रस्त जिपमा ६ जना सवार थिए। उनीहरूको अवस्थाबारे तथा दुर्घटनाको कारणबारे प्रारम्भिक विवरण आउन बाँकी रहेको…

Read More
Back To Top
Modern Footer Design