Nanglevare Nanglevare

अख्तियारको डरले कर्मचारी निर्णय गर्न हिचकिचाइरहेका छन् : कानूनमन्त्री गौतम

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको डरका कारण कर्मचारीहरू स्पष्ट राय दिन र निर्णय गर्न हिचकिचाइरहेको बताएकी छन्। बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा बोल्दै मन्त्री गौतमले ऐन–कानुनमा स्पष्ट रूपमा उल्लेख भएका विषयमा समेत कर्मचारीहरू अख्तियारको डरले निर्णय लिनबाट पछि हट्ने गरेको बताइन्।…

Read More

संवैधानिक निकायमाथि प्रश्न उठाउँदा संस्थाको गरिमाको ख्याल गर्नुपर्छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सांसद रवि लामिछानेले संवैधानिक निकायमाथि प्रश्न उठाउँदा तथ्य र प्रमाणमा आधारित भएर संस्थाको गरिमा तथा मर्यादालाई समेत ध्यान दिनुपर्ने बताएका छन्। बिहीबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीसँग भएको छलफलमा बोल्दै लामिछानेले संवैधानिक निकाय राज्यका महत्वपूर्ण संरचना भएकाले तिनका विषयमा…

Read More

कानुनी आधार तयार गरेर पीटुपी लेन्डिङ अघि बढाउने सरकारको तयारी

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि थप छलफल आवश्यक रहेको बताएका छन् । अर्थ समितिको बैठकमा विधेयकमाथि दफावार छलफलका क्रममा मन्त्री वाग्लेले सानो समूहमा छलफल गरी आवश्यक प्रस्तावसहित विधेयकलाई अघि बढाउन सकिने बताए । उनले सरकार अहिले बजेट कार्यान्वयनको चरणमा रहेको जानकारी दिँदै बजेटमा उल्लेख भएका…

Read More

डोल्पाको सीमा क्षेत्रमा २ सय स्थानीयलाई प्रस्थान तथा प्रवेशपत्र वितरण

डोल्पा । नेपाल–चीन सीमा क्षेत्रका करिब २०० जना स्थानीय बासिन्दालाई प्रस्थान तथा प्रवेशपत्र वितरण गरिएको छ। जिल्ला प्रशासन कार्यालय डोल्पाको आयोजना तथा शे–फोक्सुण्डो गाउँपालिकाको सहकार्यमा सीमा क्षेत्रका नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले प्रवेश तथा प्रस्थानपत्र वितरण गरिएको हो। सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकलाई दैनिक आवश्यक काम, व्यापार–व्यवसाय तथा सामाजिक गतिविधिका लागि सीमापारि आवतजावत…

Read More

सुनचाँदीको मूल्यमा ठूलो वृद्धि

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य उल्लेख्य रूपमा बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला ९ हजार ३०० रुपैयाँले वृद्धि भएको छ भने चाँदी पनि प्रतितोला २६० रुपैयाँ महँगिएको छ। आज छापावाल सुन प्रतितोला ३ लाख १३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ८५५…

Read More

केन्यामा हेलिकप्टर दुर्घटना, पाँच अमेरिकीसहित सात जनाको मृत्यु

नैरोबी । केन्याको उत्तरी क्षेत्रमा सफारी यात्राका क्रममा हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार सातै जनाको मृत्यु भएको छ। मृतकमध्ये पाँच जना अमेरिकी नागरिक रहेको स्थानीय प्रहरी र अमेरिकी विदेश विभागले जनाएको छ। केन्या नागरिक उड्डयन प्राधिकरणका अनुसार हेलिकप्टरमा एक जना पाइलटसहित ६ जना यात्रु थिए। बुधबार बिहान ९ः१३ बजे लोसाबा कन्जर्भेन्सीबाट साम्बुरु काउन्टीको इवासो न्यिरोतर्फ…

Read More

ट्याक्टर र अटो ठोक्किँदा चालकको मृत्यु, दुई जना घाइते

दाङ । घोराहीमा ट्याक्टर र अटो आपसमा ठोक्किँदा अटो चालकको मृत्यु भएको छ। दुर्घटनामा अटोमा सवार अन्य दुई जना घाइते भएका छन्। घोराही उपमहानगरपालिका–७ बेसाहीमा बुधबार राति सौडियारबाट सर्रातर्फ जाँदै गरेको रा १ त ३७०९ नम्बरको लोड ट्याक्टर र घोराहीबाट वसन्तपुरतर्फ जाँदै गरेको लु.प्र. ०२–००१ ह १९२९ नम्बरको अटो एकआपसमा ठोक्किएका थिए। दुर्घटनामा घाइते भएका…

Read More

इरानलाई सहयोग गर्ने देशलाई ठूलो आर्थिक परिणाम भोग्नुपर्ने ट्रम्पको चेतावनी

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सहयोग गर्ने वा इरानसँग कुनै पनि प्रकारको व्यापारिक कारोबार गर्ने देशमाथि ‘ठूलो आर्थिक परिणाम’ भोग्नुपर्ने चेतावनी दिएका छन्। ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत इरानविरुद्ध अहिलेसम्मकै कडा आर्थिक अभियान सुरु गर्न लागेको बताएका हुन्। उनले इरानलाई सहयोग पुग्ने गरी कुनै पनि देशका वित्तीय संस्था, व्यवसाय, विमानस्थल वा सरकारी निकायले…

Read More

आज नौवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं ।संघीय संसद्अन्तर्गतका विभिन्न नौवटा संसदीय समितिको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक भदौ ८ गते र राष्ट्रियसभाको बैठक शुक्रबारका लागि तय भएकाले आज धेरै समितिका बैठक एकैदिन बस्न लागेका हुन्। अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’माथि दफावार छलफललाई निरन्तरता दिइनेछ। छलफलका लागि अर्थमन्त्री…

Read More

देशभर मनसुनी वायुको प्रभाव कायमै, तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदलीसँगै वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। बागमती, गण्डकी…

Read More
Back To Top
Modern Footer Design