Nanglevare Nanglevare

न्युरोडको पाकोमा अत्याधुनिक चिप–लेभल रिपेयरिङ सेन्टर सञ्चालनमा

काठमाडौँ । राजधानीको न्युरोडस्थित पाको क्षेत्रमा नेपालमै पहिलोपटक अत्याधुनिक चिप–लेभल रिपेयरिङ तथा डिजिटल डिभाइस रिकभरी प्रविधिसहितको ‘एन आइ ल्यापटप सर्भिस सेन्टर’ सञ्चालनमा आएको छ। बिग्रिएका मोबाइल, ल्यापटप, म्याकबुक, मदरबोर्डलगायत विभिन्न डिजिटल उपकरणलाई कम खर्चमा पुनः प्रयोगयोग्य बनाउने उद्देश्यका साथ सेवा केन्द्र सुरु गरिएको हो।पिपुल्स प्लाजानजिक रहेको केएनके इलेक्ट्रोनिक्स कम्प्लेक्सको चौथो तलामा सञ्चालित उक्त केन्द्रले मोबाइल…

Read More

इरानको चुनौती सामना गर्दै बेल्जियम गोलरहित बराबरीमा रोकियो

लस एन्जलस। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को प्रतिस्पर्धात्मक खेलमा बेल्जियम र इरानले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। लस एन्जलसमा सम्पन्न खेलमा दुवै टोलीले गोल गर्ने अवसर सिर्जना गरे पनि उत्कृष्ट गोलकिपिङका कारण स्कोर खोल्न सकेनन्। यस नतिजासँगै बेल्जियम र इरानले दुई खेलबाट समान दुई–दुई अंक जोड्दै नकआउट चरणको सम्भावना जीवित राखेका छन्।…

Read More

पूर्वमन्त्री तथा कांग्रेसका वरिष्ठ नेता राजेन्द्र खरेलको निधन

काभ्रेपलाञ्चोक । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन भएको छ। श्वासप्रश्वाससम्बन्धी समस्या बढेपछि काठमाडौंको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचाररत खरेलको आइतबार राति निधन भएको हो। काभ्रेको खरेलथोकमा २००३ सालमा जन्मिएका खरेल नेपाली कांग्रेसका सिद्धान्तनिष्ठ र निष्ठावान नेताका रूपमा परिचित थिए। विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय रहेका उनले नेपाल विद्यार्थी संघमार्फत…

Read More

केप भर्डेविरुद्ध अग्रता जोगाउन नसक्दा उरुग्वे बराबरीमा सीमित

अमेरिका । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा दुई पटकको विश्वविजेता उरुग्वे नवप्रवेशी टोली केप भर्डेसँग २–२ को बराबरीमा रोकिएको छ।अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा आइतबार बिहान सम्पन्न खेलमा दुवै टोलीले लिएको अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य भए। यसअघि पनि केप भर्डेले स्पेनसँग बराबरी खेलेर प्रभावशाली प्रदर्शन गरेको थियो। खेलको २१औं मिनेटमा केभिन…

Read More

परम्परागत बाजा संरक्षणको प्रयास तीव्र, तर लोप हुने जोखिम अझै टर्‍यो छैन

काठमाडौँ । नेवार समुदायमा बाँसुरीजस्ता परम्परागत बाजा केवल संगीत होइन, पुस्तादेखि पुस्तासम्म बाँच्ने सांस्कृतिक पहिचान मानिन्छ । तर अहिले समयसँगै त्यो पहिचान बिस्तारै हराउँदै गएको डर पनि त्यत्तिकै गहिरिँदो छ । मध्यपुर थिमि–१ लोकन्थलीस्थित सिद्धि गणेश दाफा भजन खलःले यही हराउँदै गएको सीपलाई जोगाउने प्रयासस्वरूप बाँसुरी वादन प्रशिक्षण सञ्चालन गरेको थियो । ९ महिनासम्म चलेको…

Read More

रास्वपाको जनमतलाई राष्ट्रिय हितमा प्रयोग गर्नुपर्छः प्रदीप ज्ञवाली

चितवन। नेकपा एमालेका नेता प्रदीप ज्ञवाली ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्राप्त गरेको जनमतलाई राष्ट्रिय हित, लोकतन्त्र सुदृढीकरण र जनताको पक्षमा उपयोग गर्नुपर्ने बताएका छन्। चितवनमा आयोजित रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले महाधिवेशनलाई नेतृत्व चयनसँगै स्पष्ट नीति र वैचारिक दिशानिर्देश तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिनुपर्ने बताए। उनले रास्वपा अहिले राजनीतिक रूपान्तरणको निर्णायक चरणमा…

Read More

रास्वपाको काँधमा संविधान सुधारको ऐतिहासिक दायित्वः उपेन्द्र यादव

चितवन। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई मुलुकलाई नयाँ दिशातर्फ अघि बढाउने महत्वपूर्ण अवसर प्राप्त भएको बताएका छन्। चितवनमा आयोजित रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले महाधिवेशनले नेपाली राजनीतिमा नयाँ अध्याय सुरु गर्न सक्ने विश्वास व्यक्त गरे। उनका अनुसार विगतका विकृति र विसंगतिलाई पछाडि छाड्दै…

Read More

रास्वपाको मतमा राजसंस्थापक्षधर मतदाताको पनि समर्थन छः लिङ्देन

चितवन । चितवनमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले रास्वपाले प्राप्त गरेको मतमा राजसंस्था पक्षधर मतदाताको पनि समर्थन रहेको बताएका छन्। महाधिवेशनलाई सम्बोधन गर्दै उनले नेपालमा राजसंस्था पुनर्स्थापनाको पक्षमा रहेका केही मतदाताले राप्रपालाई नभई रास्वपालाई मत दिएको दाबी गरे। विशेषगरी काठमाडौँ महानगरका प्रमुख बालेन्द्र (बालेन) शाहप्रति विश्वास…

Read More

देश निर्माणको लक्ष्य साझा हो, सहकार्य आवश्यक छः सीके राउत

चितवन । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले शुभकामना मन्तव्य व्यक्त गरेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै उनले रास्वपाले अघि सारेको देश निर्माण र समृद्धिको अभियानप्रति आफू पनि सहमत रहेको बताए। उनले आफूले लामो समयदेखि देशमा परिवर्तन र विकास ल्याउने सपना देख्दै आएको उल्लेख गरे। राउतका अनुसार समृद्ध…

Read More

पुरानो पुस्तासँग लड्न होइन, नयाँ राजनीतिक संस्कार निर्माण गर्ने लक्ष्यः स्वर्णिम वाग्ले

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डा.स्वर्णिम वाग्लेले पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै आफूहरू कसैलाई हराउन राजनीतिमा नआएको बताएका छन्। उनका अनुसार रास्वपा देशलाई जिताउन र नयाँ राजनीतिक संस्कार स्थापना गर्नका लागि अघि बढेको हो, पुरानो पुस्तासँग संघर्ष गर्न होइन। उनले रास्वपाको शक्ति आक्रोश मात्र नभई आशा पनि हुनुपर्नेमा जोड दिए। साथै, आलोचना मात्र…

Read More
Back To Top
Modern Footer Design