Nanglevare Nanglevare

२४ घण्टामा ६४१ चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ६४१ जना सवारी चालक पछिल्लो २४ घण्टामा कारबाहीमा परेका छन् । आइतबार बिहानसम्म उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले गरेको सवारी जाँचका क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाउने ८० जना चालकलाई कारबाही गरिएको छ । यस्तै, सिसिटिभीमार्फत ७७ जना र रातोबत्ती उल्लंघन गर्ने २८ जना चालक कारबाहीमा…

Read More

नौ दिनपछि खुल्यो जाजरकोट–डोल्पा सडक

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–१० र ११ को सीमाक्षेत्र ताक्सुगाडमा आएको बाढीले बगाएको भेरी करिडोर सडक नौ दिनपछि पुनः सञ्चालनमा आएको छ । बाढीले सडकसँगै पुल र चारवटा घर बगाएपछि पूर्ण रूपमा अवरुद्ध भएको जाजरकोट–डोल्पा सडकखण्ड नलगाड नगरपालिकाको समन्वयमा भेरी करिडोर सडक आयोजनाले मर्मत गरेपछि यातायात पुनः सञ्चालनमा आएको हो । सडक खुलेसँगै जाजरकोटबाट डोल्पाको…

Read More

मलेसिया रोजगारीमा २५ म्यानपावरलाई मात्र अनुमति, सिन्डिकेटको आरोप

काठमाडौँ । मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियामा पुनः सिन्डिकेटको आशंका देखिएको छ । मलेसिया सरकारले विदेशी कामदारसम्बन्धी आफ्नो केन्द्रीकृत व्यवस्थापन प्रणालीमा नेपालका करिब १ हजार २०० इजाजतप्राप्त म्यानपावर कम्पनीमध्ये २५ वटालाई मात्रै सूचीकृत गरेपछि वैदेशिक रोजगार क्षेत्रमा विरोध सुरु भएको हो । मलेसियाको पछिल्लो व्यवस्थाअनुसार रोजगारदाताले नेपाली श्रमिक भर्नाका लागि ती २५ वटा सूचीकृत एजेन्सीमार्फत…

Read More

गरिमा चौधरी घटनामा सरकार र परिवारबीच तीनबुँदे सहमति

बारा । जितपुर–सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको हत्या तथा महिला र बालिकामाथि हुने हिंसाका घटनालाई सरकारले गम्भीर रूपमा लिएको जनाएको छ। घटनाका दोषीलाई कडा कारबाही गर्नुपर्ने मागसहित भइरहेको विरोधका बीच सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएको छ। गृह मन्त्रालयमा शनिबार साँझ भएको छलफलमा गृह मन्त्री सुजन गुरुङसहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरू, गरिमा…

Read More

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव निरन्तर रहेकाले आज पनि विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा औसत स्थान आसपास रहेकाले देशभरको मौसम सामान्यदेखि आंशिक बदली रहने देखिएको छ। महाशाखाका अनुसार कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि…

Read More

आजको राशिफल

काठमाडौँ ।आज विक्रम संवत् २०८३ साल भदौ ७ गते आइतबार परेको छ। आज शुक्ल पक्षको एकादशी तिथि (पुत्रदा एकादशी) रहेको छ। चन्द्रमा धनु राशिमा गोचर गरिरहेकाले केही राशिका लागि नयाँ अवसर खुल्ने संकेत छ भने केहीले निर्णयमा संयम अपनाउनु उपयुक्त हुनेछ। मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज पारिवारिक सहयोग मिल्नेछ।…

Read More

जीतपुर घटनाका दोषीमाथि कडा कारबाही गर्न अध्यक्ष घिसिङको माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले बाराको जीतपुरमा बालिकाको हत्या भएको घटनामा संलग्न दोषीलाई कडा कानुनी कारबाही गर्न माग गरेका छन्। पूर्वमन्त्रीसमेत रहेका घिसिङले शनिबार विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग आग्रह गरेका हुन्। बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ दसधुरास्थित बस्तीबाट साउन ३१ गतेदेखि बेपत्ता भएकी…

Read More

हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्न सरकारको लगानी हुने : उद्योगमन्त्री यादव

हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउन सरकारले आवश्यक लगानी गर्ने बताएकी छन्। शनिबार हेटौंडा उपमहानगरपालिका–८ स्थित कपडा उद्योगको निरीक्षण गर्दै मन्त्री यादवले उद्योग सञ्चालनको उपयुक्त मोडालिटीबारे छलफल भइरहेको जानकारी दिइन्। उनले हेटौंडा कपडा उद्योगसँगै अन्य बन्द उद्योगलाई समेत पुनः सञ्चालन गर्ने सरकारको तयारी…

Read More

चितवनमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

चितवन । चितवनको खैरहनीमा बस र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। शनिबार दिउँसो खैरहनी नगरपालिका–१ स्थित तरकारी चोकमा पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको हो। प्रहरीका अनुसार दिउँसो १२ः२३ बजे नारायणगढबाट बर्दिबासतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख २७७३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०१–०१५ प ३३८५ नम्बरको मोटरसाइकल एकआपसमा…

Read More

गरिमा हत्या प्रकरण,चौथो दिन पनि वीरगञ्ज–पथलैया सडक ठप्प

। तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा न्यायको माग गर्दै जारी आन्दोलनका कारण वीरगञ्ज–पथलैया सडकखण्ड चौथो दिन शनिबार पनि पूर्ण रूपमा बन्द रहेको छ। पीडित परिवारलाई न्याय र दोषीलाई कडा कारबाहीको माग गर्दै स्थानीयवासीले जितपुरसिमरा उपमहानगरपालिका–स्थित सिमरामा सडककै बीचमा टेन्ट राखेर धर्ना तथा प्रदर्शन गरिरहेका छन्। आन्दोलनका कारण मुख्य राजमार्गमा सवारी आवागमन…

Read More
Back To Top
Modern Footer Design