रास्वपा महाधिवेशनमा डीडीसीका दुग्धजन्य उत्पादनको आकर्षण
चितवन । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रथम महाधिवेशनमा दुग्ध विकास संस्थान (डीडीसी)का दुग्धजन्य उत्पादनले सहभागीहरूको विशेष ध्यान खिचेका छन्। महाधिवेशनस्थलमा मोही, दही, फ्लेभर मिल्क, आइसक्रिमलगायत उत्पादनको बिक्री उल्लेखनीय रूपमा बढेको छ। डीडीसी र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडको सहकार्यमा सञ्चालन गरिएको स्टलमा विभिन्न दुग्ध सहकारी तथा डेरी उद्योगका उत्पादनहरू बिक्रीका लागि…
