Nanglevare Nanglevare

रञ्जु दर्शनाले पनि उम्मेदवारी फिर्ता गर्दै विपिन आचार्यलाई समर्थन गरिन्

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा महामन्त्री पदकी उम्मेदवार रञ्जु दर्शनाले आफ्नो उम्मेदवारी फिर्ता लिँदै विपिन आचार्यलाई समर्थन गर्ने घोषणा गरेकी छन्। चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले आफ्नो समर्थन विपिन आचार्यलाई रहने बताइन्। “आजको दिनमा मेरो भोट र समर्थन पनि विपिन आचार्यलाई हो,” उनले भनिन्। यसअघि महामन्त्री पदका उम्मेदवारहरू गणेश पराजुली, प्रमोद न्यौपाने र…

Read More

आज मन्त्रिपरिषद् बैठक, विभिन्न विषयमा छलफल हुने

काठमाडौँ । मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ। शुक्रबार दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने तय गरिएको हो। बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा विकास निर्माणसँग सम्बन्धित विभिन्न विषयमा छलफल हुने जनाइएको छ।

Read More

रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधिसभा बैठक पुनः सारियो

काठमाडौँ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन लम्बिन पुगेपछि प्रतिनिधिसभाको बैठक फेरि प्रभावित भएको छ। महाधिवेशन नसकिएकै कारण बैठक दोस्रो पटक स्थगित गरिएको हो। आज दिउँसो १ बजे बस्ने तय भएको प्रतिनिधिसभा बैठक शनिबार बिहान ११ बजेका लागि सारिएको छ। यसअघि पनि बैठकको मिति दुई पटक परिवर्तन भइसकेको थियो। आजको बैठकमा पाँच वटा…

Read More

आज पनि पश्चिम तराईमा अत्यधिक गर्मीको सम्भावना

काठमाडौँ ।जल तथा मौसम विज्ञान विभागले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा शुक्रबार पनि तातो हावाको प्रभाव कायम रहने जनाएको छ। विभागका अनुसार यी प्रदेशका केही स्थानमा लु चल्न सक्ने तथा बागमती र गण्डकी प्रदेशका तराईका जिल्लामा पनि अत्यधिक गर्मी हट डे महसुस हुने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार देशका अधिकांश भूभागमा तापक्रम…

Read More

जर्मनीलाई पराजित गर्दै इक्वेडर अन्तिम ३२ मा

न्युजर्सी । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’ को अन्तिम खेलमा इक्वेडरले जर्मनीलाई २–१ ले स्तब्ध पार्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। न्युजर्सी स्टेडियममा शुक्रबार बिहान भएको खेलमा जर्मनीले दोस्रो मिनेटमै अग्रता लिएको थियो। फ्लोरियन विर्ट्जको पासमा लेरोय सानेले पेनाल्टी क्षेत्रभित्रबाट उत्कृष्ट फिनिस गर्दै टोलीलाई सुरुआती बढत दिलाए। सानेको यो प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो…

Read More

८८पहिलो हाफमै नेदरल्यान्ड्सको दुई गोलको अग्रता८८

अमेरिका। फिफा विश्वकप २०२६ अन्तर्गत ट्युनिसियाविरुद्ध जारी समूह चरणको खेलमा पहिलो हाफ सकिँदा नेदरल्यान्ड्सले २–० को सहज अग्रता बनाएको छ। नेदरल्यान्ड्सले खेलको सुरुआतमै आक्रामक प्रदर्शन गर्दै पहिलो सात मिनेटभित्र दुई गोल गर्‍यो। तेस्रो मिनेटमा ट्युनिसियाका इलएस सखिरीले आफ्नै पोस्टमा बल छिराउँदा नेदरल्यान्ड्सले अग्रता लिएको थियो। त्यसको चार मिनेटपछि ब्रायन ब्रोबेले गोल गर्दै टोलीको अग्रता दोब्बर…

Read More

वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणित

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३ लाई प्रमाणीकरण गरेका छन्। राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार संघीय संसदको प्रतिनिधिसभाबाट पारित भई प्रमाणीकरणका लागि पठाइएको उक्त विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २० अनुसार प्रमाणित गरिएको हो। विधेयक प्रमाणीकरण भएसँगै विकास निर्माण तथा पूर्वाधारका क्षेत्रमा वैकल्पिक वित्तीय स्रोत परिचालन गर्ने कानुनी…

Read More

फिफाको कारबाहीले संकटमा एन्फा, नेपाली फुटबलको भविष्य अन्योलमा

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गर्ने निर्णय गरेपछि नेपाली फुटबल गम्भीर संकटमा परेको छ। फिफा विधानविपरीत तेस्रो पक्षको हस्तक्षेप भएको निष्कर्ष निकाल्दै गरिएको यो निर्णयले नेपाली फुटबलको अन्तर्राष्ट्रिय यात्रामाथि नै प्रश्नचिह्न खडा गरेको छ। फिफा काउन्सिलको ब्युरोले फिफा विधानको धारा १४ अन्तर्गत गम्भीर उल्लंघन भएको ठहर गर्दै…

Read More

प्रारम्भिक बाल विकासमा लगानी बढाउन मुख्यमन्त्री कार्कीको आग्रह

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रारम्भिक बाल विकासमा गरिने लगानीले समाज र राष्ट्रको दीर्घकालीन विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। कोसी प्रदेशको संरचनाभित्र प्रारम्भिक बाल विकाससम्बन्धी संवैधानिक अधिकार र दायित्वबारे आयोजित परामर्श कार्यक्रममा बोल्दै उनले बालबालिकाको गुणस्तरीय शिक्षा र समुचित हेरचाहले परिवारमा सकारात्मक वातावरण निर्माण हुने उल्लेख गरे। मुख्यमन्त्री कार्कीले बालबालिकाको शारीरिक, मानसिक…

Read More

भूकम्पपीडित भेनेजुएलाका लागि अन्तर्राष्ट्रिय सहयोगको ओइरो, कार्यवाहक राष्ट्रपति रोड्रिगेजद्वारा धन्यवाद

भेनेजुएला। भेनेजुएलाको राजधानी काराकास आसपास केन्द्रबिन्दु भएर बुधबार शक्तिशाली दुईवटा भूकम्प गएपछि विश्वका विभिन्न मुलुकहरूले राहत, उद्धार तथा स्वास्थ्य सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। यसबीच भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले सहयोगको घोषणा गर्ने अन्तर्राष्ट्रिय समुदायप्रति आभार व्यक्त गरेकी छन्। भूकम्पका कारण भवन तथा भौतिक संरचनामा व्यापक क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक भइरहेका बेला विभिन्न…

Read More
Back To Top
Modern Footer Design