भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट आज मात्रै ६०२ जनाको हवाई उद्धार
काठमाडौं । नेपाली सेनाले बिहीबार भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट ६०२ जनाको हवाई उद्धार गरेको छ। उद्धार गरिएकामध्ये ५० जना विदेशी नागरिक रहेका छन्। सेनाका अनुसार बिहीबार दिउँसो साढे ३ बजेसम्म हवाई माध्यमबाट ६०२ जनालाई सुरक्षित स्थानमा सारिएको हो। यसबाहेक २०० जनालाई स्थलमार्गबाट समेत उद्धार गरिएको छ। यस्तै, त्रिशूली क्षेत्रमा नेपाली सेनाको मेडिकल टोलीले बाढी तथा…
