Nanglevare Nanglevare

सिन्धुपाल्चोकको दुवाचौरमा उच्च वर्षा, पाँच प्रदेशमा वर्षा जारी

काठमाडौं । देशका विभिन्न स्थानमा शनिबार बिहानैदेखि वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो एक घण्टामा सिन्धुपाल्चोकको दुवाचौरमा सबैभन्दा बढी १९.६ मिलिमिटर वर्षा मापन गरिएको छ। विभागले बिहान ४ः४० बजे सार्वजनिक गरेको विवरणअनुसार हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार…

Read More

आजको राशिफल

काठमाडौं । आज २०८३ साल भदौ १३ गते शनिबार। पञ्चाङ्गअनुसार आज शुक्ल पक्ष द्वादशी तिथि रहेको छ। आजको दिन विभिन्न राशिका लागि फरक–फरक फलदायी रहने ज्योतिषीय मान्यता छ। मेष: नयाँ कामको थालनीका लागि दिन अनुकूल रहनेछ। मेहनतअनुसार राम्रो परिणाम प्राप्त हुन सक्छ। वृष: परिवार तथा आफन्तबाट सहयोग मिल्नेछ। रोकिएका काम अघि बढ्ने सम्भावना छ। मिथुन:…

Read More

बाढीले भत्काएका पुल पुनःजोड्न भारत–चीनसँग गुहार

काठमाडौँ । बाढीका कारण क्षतिग्रस्त सडक तथा पुल पुनः सञ्चालन गर्न नेपालले भारत र चीनसँग बेलिब्रिज सहयोग मागेको छ। परराष्ट्र मन्त्रालयले बेलिब्रिज उपलब्ध गराइदिन भारत र चीन सरकारलाई पत्राचार गरेको परराष्ट्रमन्त्री शिशिर खनालका सल्लाहकार जगदीश्वर पाण्डेले जानकारी दिए। बुधबार रसुवाबाट आएको बाढीका कारण ४१ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए। पुलहरू बगाएपछि धादिङतर्फ जाने…

Read More

बाढी प्रभावित क्षेत्रमा टेलिकमका ८० साइट सञ्चालनमा

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा दूरसञ्चार सेवा पुनः सञ्चालन गर्न नेपाल टेलिकमले प्राविधिक जनशक्ति र आवश्यक उपकरण परिचालनलाई तीव्र बनाएको छ। बाढीका कारण तीन जिल्लाका १२० वटा साइट प्रभावित भएकामा हालसम्म ८० वटा साइटबाट सेवा पुनः सञ्चालनमा आएको नेपाल टेलिकमले जनाएको छ। टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार अवरुद्ध…

Read More

रसुवा बाढीमा ५४७ जनाको मृत्यु, २७ प्रहरी सम्पर्कविहीन

काठमाडौँ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपछि हालसम्म ५४७ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले भदौ १२ गते दिउँसो ३ बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढी प्रभावित क्षेत्रमा ४ हजार ४७३ जना प्रहरी परिचालन गरिएको जनाएको छ। प्रहरीका अनुसार २७ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन्। सम्पर्कविहीनमध्ये एक जना प्रहरी कर्मचारीको शव भने फेला…

Read More

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो ३६ घण्टामा १ अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम जम्मा भएको छ। अर्थ मन्त्रालयका अनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म विभिन्न दाताबाट उक्त रकम प्राप्त भएको हो। मन्त्रालयका अनुसार १० वटा वाणिज्य बैंकमा रहेका कोषका खातामा ३६ घण्टाको अवधिमा १ अर्ब ९१ करोड ८६ लाख…

Read More

बाढी प्रभावित क्षेत्रमा चिनियाँ टोलीको सक्रियता, उद्धार र राहत कार्य तीव्र

चीन । चीन–नेपाल सीमा नाका केरुङमा पहिरोबाट प्रभावित क्षेत्रमा चिनियाँ उद्धार टोलीले खोज तथा उद्धार कार्यलाई तीव्र बनाएको छ। दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रअन्तर्गत केरुङमा पहिरो गएपछि चिनियाँ टोली जोखिमपूर्ण क्षेत्रमा पुगेर उद्धारमा जुटेको हो। शुक्रबार बिहान सिजाङ र छिमेकी सिचुआन प्रान्तका अग्निनियन्त्रकसहित ३० सदस्यीय टोली प्रभावित क्षेत्रतर्फ पैदल गएको छ। टोलीले दुर्गम पहाडी बाटो…

Read More

भोटेकोशी बाढी : विभिन्न देशका ११७ पर्यटकको उद्धार, भारतका मात्रै ८५ जना

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण सम्पर्कविहीन भएका विदेशी पर्यटकमध्ये हालसम्म ११७ जनाको उद्धार गरिएको छ। नेपाल पर्यटन बोर्डका अनुसार उद्धार गरिएका पर्यटक विभिन्न पाँच देशका नागरिक रहेका छन्। बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) हिक्मतसिंह ऐरका अनुसार उद्धार गरिएकामध्ये भारतका ८५ जना, चीनका १६ जना, दक्षिण कोरियाका ९ जना, अमेरिकाका २ जना र…

Read More

४८९ शव फेला, ३९३ को अझै पहिचान हुन सकेन

काठमाडौँ । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ४८९ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। फेला परेका शवमध्ये ३९३ जनाको भने अझै पहिचान खुल्न सकेको छैन। प्रहरीका अनुसार रसुवा, धादिङ, नुवाकोट, चितवन, तनहुँ, गोरखा, नवलपरासी बर्दघाट सुस्तापूर्व र पश्चिम नवलपरासीलगायतका जिल्लाबाट शव फेला परेका हुन्। पहिचान हुन नसकेका तथा…

Read More

चीनको सिचुआनमा ५.१ म्याग्निच्युडको भूकम्प

बेइजिङ । चीनको दक्षिण–पश्चिमी क्षेत्रमा पर्ने सिचुआन प्रान्तमा ५.१ म्याग्निच्युडको भूकम्प गएको छ। चाइना अर्थक्वेक नेटवर्क सेन्टर (सीईएनसी) का अनुसार शुक्रबार दिउँसो १ः१३ बजे लोङचाङ सहर आसपास भूकम्प गएको हो। सीईएनसीले भूकम्पको केन्द्रबिन्दु २९.२३ डिग्री उत्तरी अक्षांश र १०५.२२ डिग्री पूर्वी देशान्तरमा रहेको जनाएको छ। भूकम्प जमिनको सतहबाट करिब १३ किलोमिटर गहिराइमा गएको मापन गरिएको…

Read More
Back To Top
Modern Footer Design