बाढी प्रभावित क्षेत्रमा शव व्यवस्थापन र दुर्गन्ध ठूलो चुनौती बनेको छ : आङ्देम्बे
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भोटेकोशी र त्रिशूली क्षेत्रमा बाढीपछि फेला परेका शवको व्यवस्थापन तथा त्यसबाट फैलिएको दुर्गन्ध गम्भीर समस्या बन्दै गएको बताएका छन् । कांग्रेस कार्यालयमा आयोजित बैठकमा विपद्पछिको प्रतिकार्य र पार्टीको भूमिकाबारे धारणा राख्दै आङ्देम्बेले शव व्यवस्थापनका क्रममा कतिपय अवस्थामा मृतकका आफन्तसँग आवश्यक समन्वय र अनुमति नलिइएको गुनासोसमेत आएको…
