Nanglevare Nanglevare

रसुवा बाढीमा मृतकको संख्या ४७५ पुग्यो

काठमाडौँ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ४ सय ७५ पुगेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबार बिहानसम्म विभिन्न जिल्लाबाट ४७५ जनाको शव फेला परेको हो। प्रहरीका अनुसार रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा २७ र चितवनमा १७९ जनाको शव फेला परेको छ। त्यस्तै, गोरखामा ४४, तनहुँमा २८ र नवलपरासी पूर्वमा…

Read More

चीनतर्फ ताल फुटेको खबरपछि रसुवामा सतर्कता, सीडीओको सुरक्षित रहन आग्रह

काठमाडौं । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम आसपास बनेको ठूलो ताल फुटेको सूचना प्राप्त भएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार चिनियाँ पक्षबाट ताल फुटेको जानकारी आएको हो। ताल फुटेपछि त्यसबाट आउने पानीको सम्भावित प्रभावलाई मध्यनजर गर्दै सीमावर्ती तथा नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। सीडीओ परियारले…

Read More

पहिचान तथा परीक्षणका लागि पोखरा ल्याइयो १०२ शव

कास्की । त्रिशूली र नारायणी नदीका विभिन्न क्षेत्रमा फेला परेका १०२ शव पहिचान तथा आवश्यक परीक्षणका लागि पोखरा ल्याइएको छ। भोटेकोशी नदीमा आएको बाढीपछि बेपत्ता भएकाहरूको खोजीका क्रममा धादिङ, गोरखा, तनहुँ तथा पूर्वी नवलपरासीलगायत जिल्लामा शव भेटिएका थिए। सम्बन्धित जिल्लामा शवको व्यवस्थापन तथा परीक्षण गर्ने पर्याप्त व्यवस्था नभएपछि ती शव पोखरा ल्याइएको कास्कीका सहायक प्रमुख…

Read More

तीन वर्षपछि ब्राइटनको युरोपेली कन्फरेन्स लिगमा पुनरागमन

काठमाडौँ । नर्वेजियन क्लब ट्रोम्सोलाई दोस्रो लेगमा ४–० गोलले पराजित गर्दै ब्राइटन एन्ड होभ एल्बियनले तीन वर्षपछि युरोपेली फुटबलको कन्फरेन्स लिगमा पुनः स्थान बनाएको छ। पहिलो लेग गोलरहित बराबरीमा सकिए पनि दोस्रो लेगमा उत्कृष्ट प्रदर्शन गर्दै ब्राइटनले सहज जितसहित प्रतियोगिताको लिग चरणमा प्रवेश गरेको हो। ब्राइटनका लागि पहिलो हाफमै चाउरालामपोस कोस्टौलास, म्याक्सिम डे कुइपर र…

Read More

आज जनैपूर्णिमा तथा रक्षाबन्धन मनाइँदै, दिदीबहिनी–दाजुभाइले बाँध्दै राखी

काठमाडौँ । श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज देशभर जनैपूर्णिमा तथा रक्षाबन्धन पर्व मनाइँदैछ। हिन्दु धर्मावलम्बीहरूले धार्मिक तथा सांस्कृतिक विधिअनुसार विभिन्न अनुष्ठान गरी यो पर्व मनाउने गर्छन्। पर्वका अवसरमा बिहानैदेखि श्रद्धालुहरू नदी, पोखरी तथा विभिन्न जलाशयमा स्नान गरी पूजा–आराधना गर्ने गर्छन्। यस दिन सप्तऋषिको स्मरण गर्दै तर्पण तथा पूजाअर्चना गर्ने परम्परा पनि रहेको छ। जनैपूर्णिमाको अवसरमा…

Read More

मनसुनी गतिविधि सक्रिय, ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर अहिले पनि मनसुनी वायुको प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशका अधिकांश भूभागमा बदली रही विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही उत्तर र पूर्वतर्फ सरदर स्थान आसपास रहेको छ। यसको प्रभावका कारण हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली र…

Read More

आजको राशिफल

काठमाडौं । आज वि.सं. २०८३ भदौ १२ गते शुक्रबार, अर्थात् २८ अगस्ट २०२६। आज श्रावण शुक्ल पूर्णिमा तिथि रहेको छ। बिहान ९ः१६ बजेपछि प्रतिपदा सुरु हुनेछ। आज जनैपूर्णिमा, रक्षाबन्धन, क्वाति खाने दिन तथा ऋषितर्पणी समेत मनाइँदैछ। चन्द्रमा कुम्भ राशिमा रहेको छ। मेष आज सामाजिक प्रतिष्ठा बढ्ने र आर्थिक लाभ हुने योग छ। समूहगत काममा सफलता…

Read More

रसुवा–भोटेकोशी बाढी अपडेट : मृतकको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता

काठमाडौं । रसुवा–भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या ३५९ पुगेको छ। बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाल प्रहरीले ४ हजार ३४८ जना प्रहरी कर्मचारी परिचालन गरेको जनाएको छ। नेपाल प्रहरीका अनुसार बिहीबार साँझ ५ बजेसम्म २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेका छन्। प्रभावित विभिन्न जिल्लामा बेपत्ता व्यक्तिको खोजी तथा…

Read More

विपद् उद्धारमा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाउने सरकारको निर्णय

काठमाडौं । बाढी, पहिरो तथा आगलागीजस्ता प्राकृतिक विपद्का बेला जोखिम मोलेर उद्धार र राहतमा खटिने सुरक्षाकर्मीलाई प्रोत्साहन गर्न सरकारले उनीहरूले पाउने भत्ता तथा दैनिक खाजा खर्च बढाउने निर्णय गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बिहीबार बसेको बैठकले विपद्का बेला परिचालन हुने सुरक्षा निकायका जनशक्तिको सेवा–सुविधा परिमार्जन गर्ने निर्णय गरेको हो।विपद्का…

Read More

रसुवा बाढी : आठ जिल्लामा २८९ जनाको शव फेला, खोजी कार्य जारी

रसुवा । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका व्यक्तिमध्ये हालसम्म २८९ जनाको शव फेला परेको छ। बिहीबार दिउँसो ३ बजेसम्मको विवरणअनुसार सबैभन्दा धेरै चितवनमा १२१ जनाको शव भेटिएको छ। त्यस्तै, पूर्वी नवलपरासीमा ६५, धादिङमा २९, गोरखामा २९, तनहुँमा १६, पश्चिम नवलपरासीमा १४, नुवाकोटमा १२ र रसुवामा ३ जनाको शव फेला परेको…

Read More
Back To Top
Modern Footer Design