असारसँगै बाजुराका खेतबारीमा बढ्यो चहलपहल, रोपाइँमा व्यस्त किसान
बाजुरा । मनसुन सक्रिय भएसँगै बाजुराका गाउँ–गाउँमा असारे रोपाइँको रौनक छाएको छ। जिल्लाका नौवटै स्थानीय तहमा किसानहरू खेतबारीमा व्यस्त देखिन्छन् भने हिलोमैलोबीच परम्परागत शैलीमा धान रोप्ने काम धमाधम भइरहेको छ। बिहानैदेखि खेतमा पुग्ने किसानहरू साँझ अबेरसम्म रोपाइँमै जुटिरहेका छन्। पुरुषहरू हलो जोत्ने, गोरु डोर्याउने र खेत तयारी गर्ने काममा खटिएका छन् भने महिलाहरू धानका बेर्ना…
