Nanglevare Nanglevare

रवि र बालेनद्वारा घण्टी बजाएर रास्वपा महाधिवेशनको उद्घाटन, तीन दिनसम्म चल्ने

चितवन । चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन सुरु भएको छ। महाधिवेशनको उद्घाटन सत्रमा सभापति रवि लामिछाने र नेता बालेन शाहले घण्टी बजाएर कार्यक्रमको सुरुवात गरेका हुन्। उद्घाटन सत्रको सञ्चालन महामन्त्री कबिन्द्र बुर्लाकोटीले गरेका थिए। रास्वपाको यो महाधिवेशन तीन दिनसम्म चल्नेछ।

Read More

गृहमन्त्रीले गरे रास्वपा महाधिवेशन स्थलको निरीक्षण, डुबानपछि पानी हटाउन निर्देशन

चितवन। गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन हुने स्थलको आज निरीक्षण गरेका छन्। आइतबार चितवनको भरतपुर महानगरपालिका–१० स्थित गेस्टहाउस चौरमा हुने महाधिवेशनको तयारीबारे उनले स्थलगत अवलोकन गरेका हुन्। गए राति परेको भारी वर्षाका कारण कार्यक्रम स्थलमा डुबान भएको थियो। त्यसपछि गृहमन्त्री गुरुङले चितवनका प्रमुख जिल्ला अधिकारी तथा आयोजक टोलीसँग छलफल गर्दै क्षेत्रबाट…

Read More

अर्थमन्त्री स्वर्णिम वाग्ले हेटौँडा आउने, सुरक्षा व्यवस्था कडा

हेटौँडा । अर्थमन्त्री स्वर्णिम वाग्ले आज हेटौँडा आउने कार्यक्रम तय भएपछि यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ। नेपाल बैंक लिमिटेड सिटी अफिस हेटौँडाको नवनिर्मित भवन उद्घाटन तथा शुभारम्भ कार्यक्रममा सहभागी हुन मन्त्री वाग्ले हेटौँडा आउन लागेका हुन्। उनको भ्रमणलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य सम्बन्धित सुरक्षा निकायले आवश्यक…

Read More

बाजुरामा बस दुर्घटना, २१ यात्रु घाइते

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका–१० स्थित रिठा बजार नजिक आइतबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। पवनदूत यातायातको सुदूरपश्चिम प्रदेश–०२–००१ ख १३५५ नम्बरको बस महेन्द्रनगरबाट मार्तडीतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय बाजुराकी डीएसपी शैलेश्वरी बोहराका अनुसार बसको ब्रेक फेल भएपछि दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दुर्घटनामा घाइते…

Read More

जापानको चार गोलको शानदार जित, ट्युनिसियाको विश्वकप यात्रा समाप्त

मेक्सिको। फिफा विश्वकप २०२६ को १०००औं खेलमा जापानले ट्युनिसियामाथि ४–० को सानदार जित निकाल्दै नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ। मेक्सिकोको मोन्टेरेमा सम्पन्न समूह एफ अन्तर्गतको खेलमा जापानका लागि असाय उएदाले दुई गोल गरे भने दाइची कामाडा र जुन्या इटोले एक–एक गोल थपे। पहिलो खेलमा नेदरल्यान्ड्ससँग २–२ को बराबरी खेलेको जापानले दोस्रो खेलमा पूर्ण…

Read More

रास्वपाको महाधिवेशनले नयाँ राजनीतिक दिशा तय गर्ने विश्वास: गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन सफलताको शुभकामना व्यक्त गरेका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै थापाले छोटो समयमै रास्वपाले उल्लेखनीय जनसमर्थन हासिल गर्दै राष्ट्रिय राजनीतिमा प्रभावशाली उपस्थिति बनाएको बताएका छन्। उनले पार्टी निर्माणदेखि निर्वाचनसम्मको यात्रालाई प्रशंसनीय भन्दै नेतृत्व तथा कार्यकर्ताको प्रयासको सराहना…

Read More

आज अन्तर्राष्ट्रिय योग दिवस, ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ नारासहित विविध कार्यक्रम

काठमाडौं । ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने मूल नाराका साथ आज नेपालसहित विश्वभर अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै छ। योगको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरिएका छन्। हरेक वर्ष जुन २१ मा मनाइने अन्तर्राष्ट्रिय योग दिवस संयुक्त राष्ट्रसंघको सन् २०१४ को महासभा निर्णयपछि सन् २०१५ देखि औपचारिक रूपमा सुरु गरिएको हो। योगलाई विश्वव्यापी रूपमा…

Read More

कोशीमा भारी वर्षाको चेतावनी, तराईका केही क्षेत्रमा गर्मी बढ्ने अनुमान

काठमाडौं । देशभर मनसुनको प्रभाव क्रमशः सक्रिय बन्दै जाँदा कोशी प्रदेशका केही स्थानमा आज भारी वर्षा हुने सम्भावना रहेको छ। यता लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका केही स्थानमा तातो लहरको जोखिम कायम रहने मौसमविद्ले बताएका छन्।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशमा मनसुनी प्रणाली सक्रिय छ भने अन्य भू–भागमा पश्चिमी तथा स्थानीय वायुको…

Read More

रास्वपाको प्रथम महाधिवेशन आजदेखि भरतपुरमा, नेतृत्व चयनको प्रक्रिया सुरु हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा सुरु हुँदैछ। महाधिवेशनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको पार्टीले जनाएको छ। उद्घाटन समारोह भरतपुर–१० स्थित गेष्ट हाउस चौरमा आयोजना गरिनेछ। कार्यक्रमका लागि जर्मन प्रविधिमा आधारित आधुनिक डोम निर्माण गरिएको छ, जहाँ हजारौं प्रतिनिधि तथा अतिथिहरू सहभागी हुने अपेक्षा गरिएको छ। महाधिवेशनलाई लक्षित…

Read More

दुई गोलका नायक उन्डाभ, जर्मनी अन्तिम १६ मा प्रवेश

टोरन्टोमा । डेनिस उन्डाभको प्रेरणादायी दुई गोलको मद्दतमा जर्मनीले आइभरी कोस्टलाई २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। समूह ‘इ’ अन्तर्गत आइतबार बिहान टोरन्टोमा भएको प्रतिस्पर्धात्मक खेलमा जर्मनीले पछाडि परेको अवस्था उल्टाउँदै लगातार दोस्रो जित निकालेको हो। यससँगै जर्मनीले दुई खेलबाट ६ अंक जोड्दै एक खेल बाँकी रहँदै…

Read More
Back To Top
Modern Footer Design