Nanglevare Nanglevare

चिया उद्योग संकटमा, सरकार उदासीनः सांसद राई

काठमाडौँ। नेपाली कांग्रेसका सांसद निश्कल राईले चिया उद्योग र चिया किसानहरू गम्भीर समस्यामा परिरहेका बेला सरकारले आवश्यक चासो नदेखाएको आरोप लगाएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भारतले लागू गरेको नयाँ गुणस्तर मापदण्डका कारण नेपाली चियाको निर्यात प्रभावित भएको र त्यसको असर उद्योगी तथा किसानहरूमा प्रत्यक्ष रूपमा परेको बताए। उनका अनुसार भारतीय चिया बोर्डले लागू…

Read More

होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीको अवस्था सुधार्न हर्क साम्पाङको आग्रह

काठमाडौँ। श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको समस्या समाधानमा सरकारले गम्भीरता देखाउनुपर्ने बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीसँग सम्बन्धित सीमा विषयक अभिव्यक्तिलाई संसदको अभिलेखबाट हटाउनुपर्ने आफ्नो पार्टीको अडान अझै कायम रहेको उल्लेख गरे। साथै, प्रधानमन्त्री स्वयं संसदमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने उनको माग थियो। सांसद साम्पाङले…

Read More

पहाडी क्षेत्रमा वर्षा र चट्याङको सम्भावना, तराईका केही भूभागमा गर्मी बढ्ने

काठमाडौं । देशभरको मौसममा विभिन्न प्रणालीहरूको प्रभाव कायम रहेकाले आज पहाडी तथा हिमाली क्षेत्रमा वर्षा हुने सम्भावना रहेको छ भने तराईका केही स्थानमा तातो दिनको अवस्था रहने मौसमविद्हरूले बताएका छन्। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव देखिएको छ। आज दिउँसो…

Read More

हालान्डको तहल्का, विश्वकपमा नर्वेको ऐतिहासिक पुनरागमन

अमेरिका । २८ वर्षको लामो प्रतीक्षापछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले विजयी सुरुवात गरेको छ। समूह ‘आई’ अन्तर्गत बुधबार बिहान अमेरिकाको बोस्टन स्टेडियममा भएको खेलमा नर्वेले इराकलाई ४–१ गोलअन्तरले पराजित गर्दै महत्वपूर्ण तीन अंक हात पारेको हो। नर्वेको जितमा स्टार फरवार्ड एर्लिङ हालान्डले दुई गोल गर्दै टोलीको आक्रमणको नेतृत्व गरे। यस्तै लियो ओस्टिगार्डले एक गोल…

Read More

चितवनबाट अपहरण गरिएका किशोर काठमाडौंमा सकुशल उद्धार, पाँच जना पक्राउ

चितवन । चितवनबाट अपहरणमा परेका १६ वर्षीय किशोरलाई प्रहरीले काठमाडौंबाट सकुशल उद्धार गरेको छ। घटनामा संलग्न रहेको आरोपमा पाँच जना भारतीय नागरिक पक्राउ परेका छन्। प्रहरीका अनुसार सोमबार भरतपुर महानगरपालिका–३ नारायणघाट क्षेत्रबाट किशोरलाई भारतीय नम्बर प्लेटको गाडीमा राखेर अपहरण गरिएको थियो। घटनाबारे सूचना प्राप्त भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र चितवन प्रहरीबीच समन्वय गरी…

Read More

सरकारको बजेट र नीति कार्यान्वयनमा नवीनता नदेखिएको कांग्रेस प्रमुख सचेतक थापाको टिप्पणी

काठमाडौँ । नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले वर्तमान सरकारको बजेट तथा नीति कार्यान्वयनप्रति असन्तुष्टि जनाउँदै यसमा नयाँपन नदेखिएको टिप्पणी गरेकी छन्। मंगलबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले झण्डै दुईतिहाइ जनादेश पाए पनि अपेक्षित सुधार र नवीनता ल्याउन नसकेको बताइन्। उनका अनुसार बजेट पुरानै संरचनामा सामान्य परिमार्जन मात्र गरिएको देखिएको छ। स्वास्थ्य, शिक्षा…

Read More

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदान कार्यविधि स्वीकृत

काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार बसेको आयोगको बैठकले उक्त कार्यविधि पारित गर्ने निर्णय गरेको हो। बैठकको अध्यक्षता प्रधानमन्त्री बालेन्द्र शाहले गरेका थिए। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएको २४ घण्टा नबित्दै…

Read More

११ महिनामा सरकारको राजस्व संकलन १० खर्ब ७९ अर्ब, लक्ष्यको ७३ प्रतिशत मात्रै पूरा

काठमाडौँ । संघीय सरकारले चालु आर्थिक वर्षको पहिलो ११ महिनामा झण्डै ११ खर्ब रुपैयाँ राजस्व संकलन गरेको छ। महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेट विवरणअनुसार सरकारले जेठ मसान्तसम्म १० खर्ब ७९ अर्ब ६३ करोड ४७ लाख रुपैयाँ राजस्व उठाएको छ। यो रकम वार्षिक राजस्व लक्ष्यको ७३.०६ प्रतिशत हो। सरकारले चालु आर्थिक वर्षमा विभिन्न शीर्षकबाट कुल १४…

Read More

लगातार चौथो दिन सेयर बजार घट्यो

काठमाडौँ । लगातार चौथो कारोबार दिन पनि सेयर बजारमा गिरावट आएको छ। कारोबार रकममा पनि कमी देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार ६.३१ अंकले घटेर २७०५.४५ बिन्दुमा बन्द भएको छ। यसअघि पनि लगातार तीन दिन बजार घटेको थियो। सोमबार नेप्से १२.२६ अंकले घटेको थियो भने त्यसअघि पनि दुई दिन लगातार गिरावट आएको थियो। मंगलबार…

Read More

ललितपुर डीएभी स्कुल घटनामा विद्यार्थीको मृत्यु, आत्महत्याको आशंका गर्दै अनुसन्धान जारी

काठमाडौँ । ललितपुरस्थित डीएभी स्कुलको चौथो तलाबाट खसेका एक विद्यार्थीको मृत्यु भएको छ। प्रारम्भिक अनुसन्धानमा आत्महत्याको आशंका गरिएको छ। चाबहिल निवासी १८ वर्षीय आर्यन सिंहको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले जानकारी दिएका छन्। घटना सोमबार दिउँसो करिब साढे १२ बजे भएको हो। चौथो तलाबाट खसेका सिंहलाई तत्काल उपचारका लागि…

Read More
Back To Top
Modern Footer Design