बहुमत सदस्यले खोले एन्फा मुख्यालयको ताला, १३ गते कार्यसमिति बैठक बोलाउने तयारी
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) भित्रको विवाद थप चर्किएको छ। कार्यसमितिको बैठक बोलाउन माग गर्दा पनि अध्यक्षले बैठक नडाकेको भन्दै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा बहुमत सदस्यले एन्फा मुख्यालयको ताला खोल्ने र बैठक अघि बढाउने तयारी गरेका छन्। एन्फा विधानको धारा ३१ को उपधारा २ अनुसार कार्यसमितिका एक तिहाइ वा सोभन्दा बढी सदस्यले…
