मकवानपुरबाट १६५ किलो गाँजासहित दुई जना पक्राउ
मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–९ स्थित पर्सा राष्ट्रिय निकुञ्जको कोर क्षेत्रबाट करिब १६५ किलोग्राम गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–३ का ५१ वर्षीय विक्रम स्याङ्तान र ४८ वर्षीय गोकर्ण मोक्तान रहेका छन्। प्रहरीका अनुसार सोमबार बिहान श्री सबुज गण प्रतापपुर सुरक्षा पोस्टबाट खटिएको नेपाली सेनाको टोलीले ११ वटा पोकामा प्याक गरिएको…
