आजको राशिफल

काठमाडौं । आज वि.सं. २०८३ साल असोज ११ गते आइतबार, इस्वी संवत् २०२६ सेप्टेम्बर २७ तथा नेपाल संवत् ११४६ हो। आजदेखि आश्विन कृष्णपक्ष प्रतिपदा अर्थात् सोह्रश्राद्धको सुरुवात भएको छ। पञ्चाङ्गअनुसार राति करिब ९ बजेर १९ मिनेटपछि द्वितीया तिथि सुरु हुनेछ। आजको नक्षत्र उत्तरभाद्रपदा र त्यसपछि रेवती रहनेछ। मेष आज नयाँ कामको योजना बनाउन सकिनेछ। आर्थिक…

Read More

बाढी–पहिरोले गुल्मीमा ११ परिवार विस्थापित, कालीगण्डकी किनारका बासिन्दा स्थानान्तरण

गुल्मी । लगातारको वर्षासँगै आएको बाढी, पहिरो र हावाहुरीका कारण गुल्मीमा ११ परिवार विस्थापित भएका छन्। विभिन्न स्थानमा घर तथा गोठमा क्षति पुग्नुका साथै तीन वटा पशुचौपाया मरेका छन्। बाढी तथा पहिरोको जोखिममा परेका र घरको छानोमा क्षति पुगेका परिवारलाई प्रहरी तथा स्थानीयवासीको सहयोगमा सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। रुरुक्षेत्र गाउँपालिका–१…

Read More

नारायणीमा बाढीको जोखिम बढ्यो, गण्डक ब्यारेजका ३६ वटै ढोका खोलिए

काठमाडौं । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) हुँदै बग्ने नारायणी नदीमा पानीको बहाव तीव्र रूपमा बढेपछि बाढीको जोखिम उच्च बनेको छ। देवघाटस्थित जलमापन केन्द्रका अनुसार शनिबार दिउँसो ३ बजे नदीको पानीको सतह ८.९८ मिटर पुगेको छ। देवघाटमा पानीको सतह ९ मिटर पुगेपछि खतराको तह मानिन्छ। यसअघि ७.३ मिटर पुगेपछि चेतावनीको तह पार हुने भए पनि नारायणीले शुक्रबार राति…

Read More

यूएन महासभामा सहभागी भएर स्वदेश फर्किए प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर शनिबार स्वदेश फर्किएका छन् । उनी केही समयअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । महासभामा सहभागी हुन प्रधानमन्त्री शाह गत मंगलबार साँझ अमेरिका गएका थिए । उनले असोज ८ गते महासभालाई सम्बोधन गरेका थिए । अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्री शाहले विभिन्न देशका प्रतिनिधि…

Read More

कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत शनिबार देशका अधिकांश संघीय तथा प्रदेशसभा निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन आयोजना गरिएको छ । लगातारको वर्षाका कारण केही निर्वाचन क्षेत्रमा अधिवेशनको कार्यक्रम प्रभावित भए पनि अधिकांश ठाउँमा पूर्वनिर्धारित कार्यतालिकाअनुसार अधिवेशन सम्पन्न भएको कांग्रेसले जनाएको छ । काठमाडौं उपत्यकामा वर्षाका कारण काठमाडौंका केही क्षेत्रमा अधिवेशन स्थगित गरिएको छ भने ललितपुरमा…

Read More

पहिरो खसेपछि सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक अवरुद्ध

अर्घाखाँची । लगातार भइरहेको वर्षाका कारण पहिरो खस्दा सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडकखण्ड अवरुद्ध भएको छ। मालारानी गाउँपालिका–५ अन्तर्गत भण्डार–छरछरे क्षेत्रमा पहिरो खसेपछि सडकमा यातायात पूर्णरूपमा ठप्प भएको वडा अध्यक्ष तिलक मिश्रले जानकारी दिए। अविरल वर्षाका कारण सडकमा पहिरो खसेपछि उक्त मार्ग भएर आवतजावत गर्ने यात्रु तथा सवारीसाधन प्रभावित भएका छन्। सडक अवरुद्ध भएपछि तत्कालका लागि यात्रु र…

Read More

देशभर मनसुनी र पश्चिमी वायुको प्रभाव, चार प्रदेशमा भारीदेखि अति भारी वर्षाको सम्भावना

काठमाडौं । देशमा अहिले मनसुनी वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले शनिबार देशका अधिकांश भूभागमा बदली रही विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बागमतीका केही ठाउँमा वर्षा भइरहेको छ। कोशी र मधेस प्रदेशका थोरै स्थानमा पनि हल्कादेखि…

Read More

आजको राशिफल

काठमाडौँ । आज २०८३ साल असोज १० गते शनिबार हो। पात्रोअनुसार आज भाद्र शुक्ल पक्षको पूर्णिमा तिथि रहेको छ। आज चेपाङ चोनाम पर्व तथा अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मूल दिवस पनि परेको छ। मेष आज नयाँ कामको सुरुवात गर्न उत्साह बढ्नेछ। मेहनतअनुसार उपलब्धि हात लाग्न सक्छ। आर्थिक कारोबारमा भने सोचविचार गर्नु राम्रो हुनेछ। वृष परिवारसँगको सम्बन्धमा…

Read More

सुरुङमा १० दिनपछि जीवित उद्धार गरिएका कबीर महर्जन अस्पतालबाट घर फर्किए

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङमा १० दिनसम्म फसेपछि जीवितै उद्धार गरिएका मेकानिकल सुपरभाइजर कबीर महर्जन अस्पतालबाट डिस्चार्ज भएका छन्। स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार आएपछि उनलाई शुक्रबार अस्पतालबाट घर पठाइएको हो। ललितपुरस्थित निवास फर्किएका महर्जनलाई स्थानीय तथा आफन्तहरूले फूलमाला लगाएर स्वागत गरेका छन्। गत भदौ १० गते आएको भीषण बाढीपछि महर्जन जलविद्युत…

Read More

गृहमन्त्री गुरुङद्वारा च्यासल क्षेत्रको स्थलगत निरीक्षण

काठमाडौं । निरन्तर भइरहेको वर्षाका कारण ललितपुरको च्यासल क्षेत्रमा नदीको जलस्तर बढेपछि गृहमन्त्री सुधन गुरुङले शुक्रबार उक्त क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्। च्यासलस्थित नेकपा एमालेको पार्टी कार्यालय आसपास मनोहरा खोलाको पानी सडकको सतहसम्म पुगेको छ। वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै मन्त्री गुरुङले सुरक्षा निकायलाई आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन निर्देशन दिएका छन्।…

Read More
Back To Top
Modern Footer Design