आज ६ प्रदेशमा वर्षाको सम्भावना, बाँकी क्षेत्रमा आंशिक बदली

काठमाडौं । देशमा मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले आज विभिन्न भूभागमा मौसम बदली हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने ६ प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपासमा रहेको छ। यसको प्रभावसँगै…

Read More

आजको राशिफल

काठमाडौं । आज २०८३ साल असोज १४ गते बुधबार, आश्विन कृष्णपक्ष चतुर्थी। ज्योतिषीय मान्यताअनुसार आज केही राशिका लागि आर्थिक लाभ, नयाँ अवसर र कार्यक्षेत्रमा प्रगतिको योग देखिएको छ भने केही राशिले खर्च, स्वास्थ्य तथा पारिवारिक विषयमा सावधानी अपनाउनुपर्ने देखिन्छ। आज तपाईंको राशि अनुसार दिन कस्तो रहला ? मेष: आज आत्मविश्वास बढ्नेछ। नयाँ कामको थालनी गर्न…

Read More

नेपाल–चीन सीमा नाकाका समस्या समाधान गर्न दुवै पक्षबीच संवाद

काठमाडौं । नेपाल–चीन सीमा नाकामा वस्तु ढुवानी तथा सर्वसाधारणको आवतजावतमा देखिएका अवरोध हटाउन नेपाल र चीनका अधिकारीबीच छलफल सुरु भएको छ। सीमा नाकाको स्थलगत निरीक्षणका क्रममा नेपाली अधिकारीहरूले नाकामा देखिएका विभिन्न व्यवधानका कारण व्यापारिक गतिविधिमा परेको असरबारे चिनियाँ टोलीलाई जानकारी गराएका छन्। नाकामा देखिएका प्राविधिक तथा प्रशासनिक समस्या तत्काल समाधान गर्नुपर्नेमा नेपाली पक्षले जोड दिएको…

Read More

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ। मंगलबार दिउँसो सुरु भएको बैठकमा सरकारका नियमित कामकारबाही तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ। बैठकले आवश्यक विषयमा निर्णयसमेत गर्ने जनाइएको छ।

Read More

नेपाल–भारत सम्बन्ध सधैँ सुमधुर र प्रगाढ : प्रधानमन्त्री बालेन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले नेपाल र भारतबीचको सम्बन्ध लामो समयदेखि सुमधुर र प्रगाढ रहँदै आएको बताएका छन्। आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्किन लागेका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर गरेको बिदाइ भेटका क्रममा प्रधानमन्त्री शाहले दुई देशबीचको सम्बन्धबारे धारणा राखेका हुन्। भेटका क्रममा प्रधानमन्त्री शाहले हालै नेपालमा…

Read More

अविरल वर्षापछि देशभर विपद् : २७ जनाको मृत्यु, सयौँ परिवार प्रभावित

काठमाडौं । असोज ९ देखि १२ गतेसम्म परेको लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानका घटनामा परी देशभर २७ जनाको मृत्यु भएको छ। बङ्गालको खाडीबाट विकसित न्यून चापीय प्रणालीका कारण भएको वर्षापछि देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको हो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो विवरणसम्म देशभर ५४२ वटा विपद्का घटना…

Read More

पृथ्वी र बीपी राजमार्ग एकतर्फी खुले, विभिन्न सडकखण्ड अझै अवरुद्ध

काठमाडौँ । बाढी तथा पहिरोका कारण प्रभावित भएका पृथ्वी राजमार्ग र बीपी राजमार्गमा यातायात एकतर्फी सञ्चालनमा आएको छ। नेपाल प्रहरीले पहिरो हटाएपछि दुवै राजमार्गमा एकतर्फी रूपमा सवारी आवागमन सुरु भएको जनाएको छ। यता, गण्डकी प्रदेशका विभिन्न जिल्लामा पहिरोका कारण सडक यातायात अझै प्रभावित छ। मनाङको चामे–बेंसीसहर, बागलुङको कालीगण्डकी करिडोर, म्याग्दीको बेनी–जोमसोम र बेनी–दरबाङ सडकखण्ड पूर्ण…

Read More

न्युयोर्कमा नेपाल र श्रीलंकाका परराष्ट्रमन्त्रीबीच भेटवार्ता

न्युयोर्क । परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलंकाका विदेश, वैदेशिक रोजगार तथा पर्यटनमन्त्री विजिथा हेराथबीच न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन न्युयोर्क पुगेका मन्त्री खनालले महासभाका क्रममा ‘साइडलाइन’ भेटवार्ता गरेका हुन्। भेटका क्रममा नेपाल र श्रीलंकाबीच रहँदै आएको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउने विषयमा दुवै पक्षबीच छलफल भएको थियो। साथै, आपसी…

Read More

मनसुन कमजोर हुँदै, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

काठमाडौं । देशमा मनसुनी गतिविधि कमजोर हुँदै गए पनि मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ। मौसमको प्रभावका कारण हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ भने पहाडी र तराईका अधिकांश भूभागमा मौसम मुख्यतः सफा रहनुका साथै कतिपय स्थानमा…

Read More

रसुवा बाढी प्रभावित विद्यार्थीलाई शुल्क छुट र छात्रावासको व्यवस्था गर्न माग

काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयमा अध्ययनका क्रममा लाग्ने शुल्कमा सहुलियत दिन र छात्रावासको व्यवस्था गर्न अनेरास्ववियुले माग गरेको छ। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको त्रिभुवन विश्वविद्यालय जिल्ला कमिटीले सोमबार विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापालाई ज्ञापनपत्र बुझाउँदै बाढी प्रभावित विद्यार्थीका लागि विशेष शैक्षिक सहुलियतको व्यवस्था गर्न आग्रह गरेको हो। कमिटीका कार्यवाहक…

Read More
Back To Top
Modern Footer Design