रसुवा बाढीको ११औँ दिन दुई जीवित उद्धार, उद्धार अभियानमा थपियो आशा

नुवाकोट । रसुवा बाढी आएको ११औँ दिन शनिबार उद्धार अभियानमा दुई सुखद घटना भएका छन्। नुवाकोटको बेत्रावतीमा घरको भग्नावशेषमा पुरिएकी ५५ वर्षीया चण्डिका श्रेष्ठ र माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङमा फसेका एक चिनियाँ नागरिकलाई जीवितै उद्धार गरिएको हो। विदुर नगरपालिका–१० बेत्रावतीस्थित आनन्द श्रेष्ठको चारतले घर पहिरोले आधा पुरिएको अवस्थामा थियो। सोही भग्नावशेषभित्र चण्डिका रहेको सूचना…

Read More

कृष्णभीरमा सडक भासिएपछि उपत्यकाबाहिरै ग्यास भरेर काठमाडौं ल्याइँदै

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक भासिएपछि काठमाडौं उपत्यकामा एलपीजी ग्यासको सम्भावित अभाव रोक्न उद्योगीहरूले वैकल्पिक व्यवस्था अघि बढाएका छन्। नेपाल आयल निगमको अनुमतिपछि उपत्यकाबाहिरका प्लान्टमा सिलिन्डर भरेर काठमाडौं ल्याउन थालिएको हो। नेपाल एलपी ग्यास उद्योग सङ्घले मकवानपुरका ट्रक व्यवसायीसँग समन्वय गर्दै ग्यास ढुवानीलाई सहज बनाउने प्रयास गरिरहेको जनाएको छ। सङ्घका पूर्वअध्यक्ष गोकुल भण्डारीका अनुसार…

Read More

आजको मौसम : केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर अहिले मनसुनी वायुको प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ। हाल देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ। मधेश र सुदूरपश्चिम प्रदेशका…

Read More

म कहाँ छु भनेर नखोज्नुस्स्स्ः गृहमन्त्री गुरुङ

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनका क्रममा आफ्नो प्रत्यक्ष भौतिक उपस्थितिलाई लिएर भइरहेको आलोचनाको जवाफ दिएका छन्। उनले नेतृत्वको मूल्यांकन आफू कहाँ बसेर काम गरिरहेको छु भन्ने आधारमा नभई प्राप्त परिणामबाट गर्न आग्रह गरेका छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गुरुङले मन्त्रालयको कुर्सीमा बसेर कागजात समात्ने परम्परागत शैलीलाई नेतृत्वको मापदण्ड मान्ने सोच…

Read More

त्रिशूली–३ ‘ए’ को सुरुङबाट थप एक शव निकालियो

काठमाडौं । दुई जनालाई जीवितै उद्धार गरिएको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट थप एक जनाको शव निकालिएको छ। उद्धारमा खटिएका सुरक्षाकर्मीले सुरुङभित्र फेला परेको शव बाहिर निकालेका हुन्। आयोजनाका प्रमुख आवाश ओझाका अनुसार निकालिएको शवको पहिचान भने अझै हुन सकेको छैन। भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीपछि आयोजनाको सुरुङ तथा…

Read More

रसुवा बाढी : विभिन्न सुरुङमा उद्धार कार्य कहाँ पुग्यो ?

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य अझै जारी छ। बाढीका कारण विभिन्न जलविद्युत आयोजनामा कार्यरत कर्मचारी तथा कामदारहरू सुरुङभित्र र बाहिर फसेका थिए। केहीको उद्धार भए पनि केही अझै सम्पर्कविहीन छन्। नेपाली सेनाका महासेनानी झविन्द्रबहादुर रेश्मीका अनुसार सेनाले हालसम्म सुरुङभित्र र बाहिरबाट…

Read More

१० दिनपछि सुरुङबाट जीवितै उद्धार हुने पहिलो व्यक्ति सञ्जय साह को हुन् ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका एक जनाको १० दिनपछि जीवितै उद्धार गरिएको छ। शुक्रबार बिहान उद्धार गरिएका व्यक्ति सञ्जय साह हुन्। उनी नेपाल विद्युत् प्राधिकरणमा चौथो तहमा कार्यरत कर्मचारी रहेको बताइएको छ। बाढी आउनुअघि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा मर्मतसम्भारको काम भइरहेको थियो। सोही क्रममा साह पनि…

Read More

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज पनि विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिएको छ। महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही उत्तर तथा पूर्वतर्फ सरदर स्थानकै आसपासमा रहेको छ। शुक्रबार बिहान…

Read More

भोटेकोशी–त्रिशूली बाढी : १ हजार २९० शव फेला, ५ हजारभन्दा बढी अझै बेपत्ता

भोटेकोशी । भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार २९० पुगेको छ। बाढी प्रभावित विभिन्न जिल्लाबाट बिहीबार राति ८ बजेसम्म उक्त संख्यामा शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुसार रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ, नवलपरासी पूर्व र नवलपरासी पश्चिमबाट शव फेला परेका हुन्। भारतमा फेला परेका शवलाई समेत…

Read More

रसुवा बाढीमा ज्यान गुमाएकाको सम्झनामा भदौ २२ गते राष्ट्रिय शोक

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्मानमा आगामी भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १० गते भोटेकोशीमा आएको बाढीमा ज्यान गुमाएकाहरूको १३औँ दिनको पुण्यतिथिमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। सरकारका अनुसार उक्त दिन देशभरका सरकारी कार्यालय…

Read More
Back To Top
Modern Footer Design