रास्वपा महाधिवेशन वैचारिकभन्दा औपचारिकतामा सीमित हुने जोखिमः विश्लेषक मोक्तान
चितवन। परराष्ट्र मामिलाका जानकार तथा राजनीतिक विश्लेषक बुद्ध छिरिङ मोक्तानले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले राजनीतिक रूपमा महत्व राखे पनि यसको वैचारिक आधार स्पष्ट नदेखिएको बताएका छन्। बुधबार आयोजित ‘रास्वपाको महाधिवेशन र निर्वाचित पदाधिकारीले मुलुकमा पार्ने दूरगामी प्रभाव’ विषयक अन्तरक्रियामा बोल्दै उनले महाधिवेशनले अपेक्षित वैचारिक बहस र दिशानिर्देश दिन नसक्ने संकेत देखिएको टिप्पणी गरे।…
