देउवा समूह छाडेको नभई कांग्रेसको मूलधारमा फर्किएको घिमिरेको दाबी

काठमाडौं । नेपाली कांग्रेसका नेता श्याम घिमिरेले आफूहरू पूर्वसभापति शेरबहादुर देउवा पक्ष त्यागेर सभापति गगन थापा समूहमा गएको भन्ने चर्चा गलत भएको बताएका छन् । उनका अनुसार आफूहरू कुनै गुट परिवर्तन गरेर अर्को समूहमा प्रवेश गरेका होइनन्, बरु पार्टीकै मूलधारमा फर्किएका हुन् । महाधिवेशनलाई पार्टीको मुख्य राजनीतिक प्रक्रिया भन्दै उनले आफूहरू त्यसै प्रक्रियामा सहभागी भएको…

Read More

करेन्ट लागेर मृत्यु भएको आशङ्का गरिएको ‘रोनाल्डो’ हात्तीको अन्त्येष्टि

चितवन । चितवन राष्ट्रिय निकुञ्जको सौराहा–खोरसोर क्षेत्रमा चर्चित भाले हात्ती ‘रोनाल्डो’ मृत अवस्थामा फेला परेपछि धार्मिक विधिअनुसार अन्त्येष्टि गरिएको छ। करिब ५३ वर्षको रोनाल्डो विषहजारी पोस्ट नजिकै मृत भेटिएको थियो। पोस्टमार्टमका क्रममा उसको मुखमा विद्युत्को तार भेटिएपछि करेन्ट लागेका कारण मृत्यु भएको हुनसक्ने आशङ्का गरिएको छ। यद्यपि, मृत्युको वास्तविक कारण भने अनुसन्धानपछि मात्र पुष्टि हुने…

Read More

आज संविधान दिवस मनाइँदै

काठमाडौं । नेपालमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। २०७२ साल असोज ३ गते संविधानसभाबाट संघीयतासहितको नेपालको संविधान जारी भएको दिनको सम्झनामा प्रत्येक वर्ष असोज ३ गते संविधान दिवस मनाउने गरिन्छ। संविधान दिवसका अवसरमा संघीय राजधानी काठमाडौंसहित देशभर विभिन्न औपचारिक तथा विविध कार्यक्रम आयोजना हुँदैछन्। दिवसको मुख्य समारोहमा राष्ट्रपति, उपराष्ट्रपति,…

Read More

भन्सार छली ल्याइएका १७ लाख ५६ हजार रुपैयाँभन्दा बढीका सामान बरामद

काठमाडौँ। सशस्त्र प्रहरीको नियमित गस्ती टोलीले पर्साका विभिन्न स्थानबाट भन्सार छली ल्याएर राखिएका करिब १७ लाख ५६ हजार रुपैयाँ बराबरका मोबाइल पार्ट्स र कपडा बरामद गरेको छ। सशस्त्र प्रहरीले वीरगञ्ज महानगरपालिका–१ नैकाटोलाबाट ६ लाख ९८ हजार ४५० रुपैयाँ बराबरका मोबाइल पार्ट्स बरामद गरेको हो। भारतबाट भन्सार नतिरी ल्याइएका ती सामान छाडेर दुई जना व्यक्ति फरार…

Read More

तीन प्रदेशमा भारी वर्षाको सम्भावना, देशभर मनसुनी र पश्चिमी वायुको प्रभाव

काठमाडौं । नेपालमा हाल मनसुनी वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेकाले देशभरको मौसममा बदली देखिएको छ। आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ। महाशाखाका अनुसार शनिबार बिहान कोशी, बागमती र गण्डकी…

Read More

चाडपर्वपछि सरकारविरुद्ध आन्दोलन गर्ने प्रचण्डको चेतावनी

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चाडपर्व सकिएलगत्तै सरकारका गलत कदमविरुद्ध आन्दोलन अघि बढाउने चेतावनी दिएका छन्। शुक्रबार ललितपुरमा आयोजित अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले संसद्‌भित्र प्रतिपक्षी दलहरूलाई एक ठाउँमा ल्याउने र सडकमा किसान, मजदुर, विद्यार्थी, सुकुम्बासी तथा ट्रेड युनियनलाई समेटेर संयुक्त मोर्चा निर्माण…

Read More

रामजानकी मन्दिर संरक्षित स्मारक क्षेत्र घोषणा

काठमाडाैँ । जनकपुरधामस्थित ऐतिहासिक रामजानकी मन्दिरलाई सरकारले संरक्षित स्मारक क्षेत्र घोषणा गरेको छ। जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्ने नेपालको लक्ष्यअनुसार सरकारले यस्तो निर्णय गरेको हो। २ असोज, काठमाडौं । सरकारले प्राचीन संरक्षण ऐन, २०१३ को व्यवस्था टेकेर रामजानकी मन्दिर तथा त्यस आसपासको क्षेत्रलाई संरक्षित स्मारक क्षेत्रका रूपमा घोषणा गरेको छ। संस्कृति, पर्यटन तथा…

Read More

धनुषाका ३८८ परिवारले पाए करिब ९ वर्षपछि लालपुर्जा

काठमाडाैँ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ का ३८८ परिवारले नापजाँच सम्पन्न भएको करिब नौ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) पाएका छन्। लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका उनीहरूको जग्गा स्वामित्व अब औपचारिक रूपमा स्थापित भएको छ। २ असोज, धनुषा । साविक रमदैया भवाडी गाविसका वडा नम्बर २, ३, ४, ६, ७ र ८ अन्तर्गत पर्ने…

Read More

राष्ट्र बैंकको स्वायत्ततामाथि प्रश्न, ऐन संशोधनका प्रावधानले बढायो चिन्ता

काठमडाैँ । नेपालको मौद्रिक तथा वित्तीय प्रणालीको नियामक निकाय नेपाल राष्ट्र बैंकको संस्थागत स्वतन्त्रताबारे फेरि बहस सुरु भएको छ। नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधनका क्रममा प्रतिनिधि सभाको अर्थ समितिबाट अघि सारिएका केही प्रावधानले केन्द्रीय बैंकको निर्णय क्षमता र नेतृत्वको स्वायत्ततामाथि प्रश्न उठाएको छ। विशेषगरी गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक समितिका सदस्यको कार्यकाल, पदका लागि…

Read More

डिभाइडरमा तीव्र गतिमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

सुनसरी । सुनसरीको इटहरीमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ। इटहरी उपमहानगरपालिका–४ मा शुक्रबार बिहान भएको दुर्घटनामा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ वर्षीय अनिल राईको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार दुर्घटनामा मोटरसाइकलमा सवार सोही ठाउँका २६ वर्षीय सन्दीप राई घाइते भएका छन्। प्रहरीका अनुसार तीव्र गतिमा रहेको मोटरसाइकल सडकमा राखिएको डिभाइडरमा…

Read More
Back To Top
Modern Footer Design