गाजामा भवन भत्किँदा २१ जनाको मृत्यु, १०० जना बेपत्ता

गाजा। गाजा सिटीमा युद्धका कारण क्षतिग्रस्त आवासीय भवन भत्किँदा २० भन्दा बढी मानिसको मृत्यु भएको छ। भग्नावशेषमा अझै दर्जनौँ मानिस फसेको आशंका गरिएको छ। स्थानीय अधिकारीका अनुसार बुधबार बिहान रिमाल क्षेत्रमा रहेको अल–सादा नामक आवासीय भवन अचानक भत्किएको हो। अल–शिफा अस्पतालका निर्देशक डा. मोहम्मद अबु सल्मियाले सीएनएनलाई कम्तीमा २१ जनाको मृत्यु भएको जानकारी दिएका छन्।…

Read More

आज तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर अहिले पनि मनसुनी वायुको प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेकाले विभिन्न प्रदेशमा वर्षाको सम्भावना देखिएको छ। आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा कर्णालीको हिमाली क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले…

Read More

विश्वकर्मा पूजा तथा वास्तु दिवस मनाइँदै

काठमाडौं । आज असोज १ गते देशभर विश्वकर्मा पूजा तथा वास्तु दिवस मनाइँदै छ। कलकारखाना, उद्योग तथा विभिन्न प्राविधिक क्षेत्रमा काम गर्ने कालिगढले भगवान् विश्वकर्माको पूजाआराधना गरी यो पर्व मनाउने गरेका छन्। हरेक वर्ष आश्विन सङ्क्रान्तिका दिन मनाइने विश्वकर्मा पूजाका अवसरमा कलकारखाना तथा कार्यस्थल सजाएर औजार, मेसिन र विभिन्न उपकरणको पूजा गरिन्छ। धार्मिक मान्यताअनुसार पूजाआराधना…

Read More

आजको राशिफल

काठमाडौं । आज बिहीबार, १७ सेप्टेम्बर २०२६ अर्थात् नेपाली पात्रोअनुसार असोज १ गते। आजको दिन विभिन्न राशिका व्यक्तिका लागि काम, व्यवसाय, आर्थिक गतिविधि तथा पारिवारिक सम्बन्धका दृष्टिले फरक–फरक रहने ज्योतिषीय मान्यता छ। आफ्नो राशिअनुसार आजको फलादेश यस्तो रहेको छ। मेष: काममा नयाँ जिम्मेवारी आउन सक्छ। आर्थिक निर्णय गर्दा सावधानी अपनाउनुहोस्। पारिवारिक सम्बन्धमा समझदारी आवश्यक हुनेछ।…

Read More

कालीप्रसाद पराजुली सचिवमा बढुवा

काठमाडौँ । सरकारले सहसचिव कालीप्रसाद पराजुलीलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशासन सेवातर्फ कार्यरत पराजुलीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिँदै पराजुलीको सचिवमा बढुवा भएको बताए।

Read More

चिलिमे हाइड्रोको सुरुङमा चार शव भेटिए

काठमाडौँ । भोटेकोशी बाढीपछि पुरिएको रसुवास्थित चिलिमे हाइड्रोपावरको सुरुङमा खोजी गर्ने क्रममा चार वटा शव फेला परेका छन्। नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले बुधबार सुरुङभित्र सञ्चालन गरेको खोज तथा उद्धार अभियानका क्रममा ती शव फेला पारेको हो। नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार सुरुङको करिब ७० मिटर भित्रबाट तीन वटा सग्लो…

Read More

सहिद परिवार र घाइतेको न्यायबारे सरकारसँग रास्वपा सांसद खतिवडाको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाले सहिद परिवार तथा घाइतेहरूको न्याय र उनीहरूप्रतिको राज्यको जिम्मेवारीबारे सरकारको ध्यानाकर्षण गराएकी छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले परिवर्तनका लागि ज्यान गुमाएका सहिदका परिवार र आन्दोलनमा घाइते भएकाहरू अझै पनि न्यायको प्रतीक्षामा रहनुपर्ने अवस्था रहेको बताइन्। सहिद परिवारले उठाएका प्रश्नको जवाफ सरकारले दिनुपर्ने उनको भनाइ थियो।…

Read More

सुदूरपश्चिममा बढ्दो लागुऔषध अपराध, पक्राउ पर्नेमध्ये ठूलो संख्या युवा

धनगढी । सुदूरपश्चिम प्रदेशमा लागुऔषधसम्बन्धी अपराध बढ्दै गएको प्रहरीको तथ्यांकले देखाएको छ। आर्थिक वर्ष २०८२/८३ मा मात्रै लागुऔषधसम्बन्धी घटनामा १ हजार १४६ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ४९३ जना एसईई उत्तीर्ण गरेका युवा रहेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार उक्त अवधिमा साधारण लेखपढ गर्न सक्ने ४०३ जना, कक्षा १२ उत्तीर्ण २०७ जना र…

Read More

माइतीघरबाट टेन्ट हटाइयो, थापाथलीतर्फको सडक खुल्यो

काठमाडौं । लामो समयदेखि माइतीघर मण्डलामा हुँदै आएको धर्नाका कारण प्रभावित बनेको थापाथलीतर्फ जाने सडक पुनः सञ्चालनमा आएको छ। बुधबार बिहान प्रहरीले आन्दोलनकारीले सडकमा राखेका टेन्ट हटाएपछि सडकमा सवारी आवागमन सहज भएको हो। सडकमा टेन्ट राखेर रातिसमेत धर्ना बस्दा सुरक्षा चुनौती बढ्न सक्ने र प्रदर्शनमा सहभागीहरूको स्वास्थ्यमा समेत असर पर्न सक्ने भएकाले टेन्ट हटाइएको प्रहरीको…

Read More

सिड्नीमा कारको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु, नेपाली युवक पक्राउ

सिड्नी । पश्चिमी सिड्नीको अर्बनमा कारको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु भएको घटनामा एक नेपाली युवक पक्राउ परेका छन्। घटनामा २७ वर्षीय सन्दीप अधिकारीलाई लापरवाहीपूर्वक सवारी चलाएर मृत्यु निम्त्याएको आरोपमा प्रहरीले पक्राउ गरी मुद्दा अघि बढाएको हो। समाचार संस्था द अस्ट्रेलिया टुडेका अनुसार अधिकारीविरुद्ध सोही आरोपमा कानुनी प्रक्रिया अगाडि बढाइएको छ। मंगलबार दिउँसो करिब २…

Read More
Back To Top
Modern Footer Design