रसुवा बाढीमा ज्यान गुमाएकाको सम्झनामा भदौ २२ गते राष्ट्रिय शोक
काठमाडौँ । सरकारले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्मानमा आगामी भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १० गते भोटेकोशीमा आएको बाढीमा ज्यान गुमाएकाहरूको १३औँ दिनको पुण्यतिथिमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। सरकारका अनुसार उक्त दिन देशभरका सरकारी कार्यालय…
