‘द ग्रे जोनको समाचारबारे रवि र बालेनले जवाफ दिनुपर्छ’

काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले अमेरिकी अनलाइन सञ्चारमाध्यम ‘द ग्रे जोन’मा प्रकाशित समाचारबारे रास्वपाका सभापति रवि लामिछाने, प्रधानमन्त्री तथा अन्य सम्बन्धित व्यक्तिले स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पोखरेलले गत वर्ष भदौ तेइस र चौबीस गते भएका हिंसात्मक तथा विध्वंसात्मक घटनासँगै रास्वपा सभापति र प्रधानमन्त्रीको राजनीतिक उदयबारे ‘द ग्रे जोन’ले…

Read More

रसुवा बाढीको नामकरण गर्न सरकारलाई सुझाव दिने सर्वदलीय बैठकको निर्णय

काठमाडौँ । संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूले भदौ १० गते चीनको तिब्बतबाट भोटेकोशी हुँदै रसुवामा आएको बाढीको औपचारिक नामकरण गर्न सरकारलाई सुझाव दिने भएका छन्। बुधबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा भोटेकोशी बाढीको नामकरणबारे छलफल भएको थियो। बैठकले बाढीको प्रकृति र क्षतिको अध्ययन गरेर उपयुक्त नाम राख्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको हो। बैठकपछि राष्ट्रिय स्वतन्त्र…

Read More

सहिद परिवार र घाइतेको न्यायबारे सरकारसँग रास्वपा सांसद खतिवडाको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाले सहिद परिवार तथा घाइतेहरूको न्याय र उनीहरूप्रतिको राज्यको जिम्मेवारीबारे सरकारको ध्यानाकर्षण गराएकी छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले परिवर्तनका लागि ज्यान गुमाएका सहिदका परिवार र आन्दोलनमा घाइते भएकाहरू अझै पनि न्यायको प्रतीक्षामा रहनुपर्ने अवस्था रहेको बताइन्। सहिद परिवारले उठाएका प्रश्नको जवाफ सरकारले दिनुपर्ने उनको भनाइ थियो।…

Read More

संघीय संसद्का दुवै सदन आज बस्दै

काठमाडौं । संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बुधबार बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने कार्यसूची छ। बैठकमा महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सिता वादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। यस्तै, राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्नेछ।…

Read More

आईसीयूमै पुगेर अन्तर्वार्ता लिएको विषय संसद्मा उठ्यो

काठमाडौं । छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको आईसीयू कक्षमै पुगेर बिरामीको अन्तर्वार्ता लिएको विषय प्रतिनिधिसभामा उठेको छ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समीक्षा बास्कोटाले आईसीयूजस्तो संवेदनशील स्थानमा पुगेर अन्तर्वार्ता लिइएको विषयलाई गम्भीर रूपमा लिनुपर्ने बताएकी छन् । प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले आईसीयू गम्भीर अवस्थामा रहेका बिरामीको उपचारका लागि छुट्याइएको संवेदनशील कक्ष भएकाले त्यहाँ…

Read More

प्रतिनिधिसभा बैठक आज : मन्त्रीहरूको जवाफदेखि एसियाली विधायिकी संस्थाको सदस्यतासम्म

काठमाडौँ । सङ्घीय संसद्को प्रतिनिधिसभा बैठक आज मंगलबार दिउँसो १ बजे बस्दैछ। संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर तथा महत्वपूर्ण प्रस्तावमाथि छलफल हुने भएको छ। बैठकमा परराष्ट्र मन्त्रालयसँगै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने कार्यक्रम छ।…

Read More

प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे सिंहदरबारस्थित संघीय संसद् भवनमा सुरु हुने कार्यतालिका छ। आजको बैठकमा कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ र नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ माथि छलफल हुने भएको छ। बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि…

Read More

बारामा जिपको ठक्करबाट एक युवकको मृत्यु

बारा । बाराको कलैया–वीरगञ्ज सडकखण्डमा जिपको ठक्करबाट एक युवकको मृत्यु भएको छ। मृतकको पहिचान भने अझै खुल्न सकेको छैन। प्रहरीका अनुसार बुधबार राति करिब सवा ९ बजे वीरगञ्जबाट कलैयातर्फ जाँदै गरेको ना.१ ज ६४०३ नम्बरको जिपले कलैया उपमहानगरपालिका–२३ स्थित गार्डेन भ्यु रिसोर्टनजिकै पैदल हिँडिरहेका अन्दाजी २२/२३ वर्षीय युवकलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका…

Read More

देश गहिरो संकटमा छ, सबै शक्तिबीच सहकार्य आवश्यक : प्रचण्ड

सिरहा । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक विपत्तिका कारण मुलुक गम्भीर संकटमा रहेकाले अहिले सबै राजनीतिक तथा सामाजिक शक्तिबीच सहकार्य आवश्यक रहेको बताएका छन्। बिहीबार सिरहाको मिर्चैयास्थित मोहन माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै प्रचण्डले भदौ १० गते आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको भन्दै विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्ने बताए। उनले…

Read More

उद्योगमन्त्री यादवले दिइन् राजीनामा

काठमाडौँ । काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको अभाव चर्किरहेका बेला उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। यादवले बिहीबार प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएको उनका सञ्चार संयोजक कमल चौलागाईंले जानकारी दिए। मन्त्री यादवले बुधबार प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा ग्यास उद्योगीप्रति कडा अभिव्यक्ति दिएकी थिइन्। उपत्यकामा…

Read More
Back To Top
Modern Footer Design