प्रधानमन्त्री शाहले मन्त्रीहरुसँग गरे कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग आज मन्त्रीहरुले चालु आर्थिक वर्षमा गरिने मुख्य काम र उपलब्धिका लागि कार्यसम्पादन सम्झौता गरेका छन् ।  बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रीहरुले प्रधानमन्त्रीसँग कार्यसम्पादन सम्झौतामा हस्ताक्षर र सम्झौताको प्रति आदानप्रदान गरेका हुन् । उनीहरुसँग सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कार्यसम्पादन सम्झौता गरिएको हो । प्रधानमन्त्री शाहले अर्थमन्त्री डा….

Read More

‘चिठ्ठामा परेर संसद् आएको’ टिप्पणीप्रति आशिका तामाङको नियमापत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले नेकपा एमालेकी सांसद साजिता सिद्धिकीले रास्वपाका सांसदहरू ‘चिठ्ठामा परेर संसद् आएको’ भन्दै गरेको टिप्पणीप्रति नियमापत्ति जनाएकी छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा सांसद सिद्धिकीले रास्वपाका सांसदहरू चिठ्ठामा परेर संसद्मा आएको टिप्पणी गरेपछि सांसद तामाङले उठेर त्यसप्रति आपत्ति जनाएकी हुन्। सांसद तामाङले आफूहरू कुनै चिठ्ठा प्रक्रियाबाट…

Read More

सिमरामा ३ वर्षीया बालिकाको हत्या,दोषीलाई कडा कारबाही गर्न सांसदको माग

काठमाडौं । बारा जिल्लाको सिमरामा ३ वर्षीया बालिकामाथि भएको जघन्य अपराधको घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न सांसदहरूले सरकारसँग माग गरेका छन्। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले बालिकाको बलात्कारपछि हत्या भएको घटनामा प्रहरी प्रशासनको समेत कमजोरी देखिएको भन्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका हुन्। बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद…

Read More

सांसदको भूमिका प्रभावकारी बनाउन रास्वपाको पहल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो संसदीय दलको विधानलाई समयानुकूल परिमार्जन गर्न कार्यदल गठन गरेको छ। बुधबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रमुख सचेतकको संयोजकत्वमा विधान संशोधन कार्यदल गठन गर्ने निर्णय गरेको संसदीय दलका उपनेता गणेश पराजुलीले जानकारी दिए। कार्यदललाई सात दिनभित्र संशोधित विधानको मस्यौदा तथा आवश्यक कार्यविधि तयार गर्ने जिम्मेवारी दिइएको छ।…

Read More

महाधिवेशन रोक्न कांग्रेस इतर समूह सर्वोच्च जाने

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको १५औँ महाधिवेशन प्रक्रिया तत्काल रोक्न माग गर्दै सर्वोच्च अदालत जाने तयारी गरेको छ। पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक गरिएको भन्दै इतर समूहले त्यसविरुद्ध कानुनी बाटो रोज्न लागेको हो। इतर समूहको प्रचार–प्रसार समितिका संयोजक मीन विश्वकर्माले महाधिवेशनका गतिविधि तत्काल रोक्न माग…

Read More

आज बस्दैछ सङ्घीय संसद्का दुवै सदनको बैठक, के–के छन् कार्यसूचीमा ?

काठमाडौं । सङ्घीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्ने कार्यतालिका रहेको छ। प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दसौँ संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। यस्तै, युवा श्रम तथा रोजगारमन्त्री रामजी यादवले…

Read More

सरकारी नियुक्तिमा समावेशी प्रतिनिधित्व कमजोर :सभापति राई

काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सरकारबाट विभिन्न निकायमा हुने नियुक्तिमा समावेशी तथा समानुपातिक प्रतिनिधित्वको अवस्था र सुधारका उपायबारे छलफल भएको छ। मंगलबार बसेको बैठकमा संवैधानिकलगायत विभिन्न निकायमा हुने नियुक्तिमा समावेशिताको अवस्था, देखिएका समस्या तथा सुधारका सम्भावित उपायबारे छलफल गरिएको हो। बैठकमा समितिकी सभापति जयन्तीदेवी राईले सरकारी नियुक्तिमा समावेशी प्रतिनिधित्वको…

Read More

प्रधानमन्त्री शाह र भारतीय स्थल सेनाध्यक्ष सेठबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाह र भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठबीच मंगलबार शिष्टाचार भेटवार्ता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल–भारत सम्बन्ध, दुई देशबीचको सहकार्य तथा आपसी हितका विषयमा छलफल भएको बताइएको छ। भेटमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसमेत सहभागी थिए। नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलको निमन्त्रणामा…

Read More

प्रतिनिधिसभाको बैठक आज, मन्त्रीहरूले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने कार्यसूची रहेको छ। आजको बैठकमा परराष्ट्र, ऊर्जा जलस्रोत तथा सिँचाइ, संस्कृति पर्यटन तथा नागरिक उड्डयन तथा कृषि, वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित प्रश्नमा सम्बन्धित मन्त्रीहरूले जवाफ दिनेछन्। यस्तै, प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट…

Read More

३५० रुपैयाँको सामान किन्दा १० लाखको बम्पर उपहार

काठमाडौं । सरकारले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार घोषणा गरेको छ। आन्तरिक राजस्व विभागले सोमबार अर्थ मन्त्रालयमा कार्यक्रम आयोजना गरी साउन १६ देखि ३१ गतेसम्मको अवधिका विजेताको घोषणा गरेको हो। विभागका अनुसार नियमसम्मत कारोबारमा संलग्न उपभोक्तामध्ये १६ जनालाई जनही एक लाख रुपैयाँका दरले पुरस्कार प्रदान गरिएको छ। त्यस्तै, गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल…

Read More
Back To Top
Modern Footer Design