विद्युत उत्पादनसँगै आन्तरिक खपत र प्रसारण पूर्वाधार विस्तार सरकारको प्राथमिकतामा
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल विद्युत उत्पादनसँगै अब आन्तरिक खपत बढाउने, प्रसारण तथा वितरण प्रणालीलाई बलियो बनाउने र अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने दिशामा अघि बढ्नुपर्ने बताएका छन्। नेपाल विद्युत प्राधिकरणको ४१औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नेपाल करिब ३० अर्ब रुपैयाँ बराबरको विद्युत निर्यात गर्न सक्ने अवस्थामा पुगेको बताए। विद्युत…
