आज प्रतिनिधिसभा बैठक बस्दै, चार विधेयक र एक समितिको प्रतिवेदन प्रस्तुत हुने
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज शुक्रबार दिउँसो १ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्ने भएको छ। बैठकमा सरकारका तर्फबाट चार वटा महत्वपूर्ण विधेयक पेस गरिनुका साथै राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन पनि सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ। सङ्घीय संसद् सचिवालयका अनुसार राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘नेपाल विशेष सेवा…
