संविधानमाथिको शंकाको बादल हटिसकेको छैनः आङ्देम्बे
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संविधानको रक्षा गर्नुपर्ने निकायबाटै संविधानप्रति प्रश्न उठ्ने गतिविधि भइरहेकाले त्यसप्रति सचेत हुनुपर्ने बताएका छन्। ३२औँ विश्व आदिवासी दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै आङ्देम्बेले संविधानका उपलब्धिमाथि पटक–पटक प्रश्न उठिरहेकाले संविधानमाथिको शंकाको बादल अझै हटिनसकेको बताए। उनले संविधानलाई ‘सगरमाथाभन्दा उचो’ बनाउने संकल्प व्यवहारमै लागू गर्नुपर्नेमा जोड दिए। संविधानले…
